इन्धन वितरण सहज हुँदै, तीन नाकाबाट ९८ ट्याकंर भित्रिए - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

इन्धन वितरण सहज हुँदै, तीन नाकाबाट ९८ ट्याकंर भित्रिए

कौशिला कुँवर /काठमाडौं ।

शुक्रबार ट्याकर चालक र सरकार विच सहमति भएपछि विभिन तीन नाकाबाट ल्याए भिएका हुन । शुक्रबार नै विभिन्न तीन नाक गरी ९८ पेट्रोलियमका गाडी भित्रको आपूर्ति वितरण विभाग उपनिर्देशक विनित उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार, शुक्रबार साझ सम्ममा भैरहवा नाकाबाट १५ वटा पेट्रोल र २५ वटा डिजलका टयाकंर, विरञ्जग नाकाबाट ८ वटा पेट्रोल ४० वटा डिजल ट्यांकर र अमलेखगंज १० वटा पेट्रोलका ट्याकंर नाकाबाट भित्रिएको जानकारी गराए । आइतबार सम्ममा राजधानीको पेट्रोलियम पदार्थमा सहज हुने उनले बताए शुक्रबार नै विभिन्न नाकाबाट काठमाडौको लागि ९८ पेट्रोलीयमका ट्याकंरहरु हिडिसकेको उनले बताए । २८ वटा पेट्रोल र ७० वटा डिजलका ट्याकंर आएको उनले बताए ।

उनले भने काठमाडौंको थानकोट पम्पबाट करिब ६ लाख लिटर पेट्रोल वितरण गरेको बताए । यस्तै काठमाडौं लागि विभिन्न डिपोबाट स्टक ट्रान्सफर भएका ट्याकंर विराटनगर पिडोबाट ८ पेट्रोलका ट्यांकर परिमाण १६० के.लि र भैरहवाबाट १५ वटा ट्यांकर ३०० के.लि अमलेखगंजबाट ५ १०० के.लि पेट्रोल वितरण भएको उपाध्यायले जानकारी गराए । डिजल विराटनगर पिडोबाट ४४ ट्याकर परिमाण ८८० के.लि भैरहवाबाट १८ वटा ट्यांकर ३६० के.लि नेपालगंजबाट ७ ट्याकंर के.लि १४० डिजल वितरण भएको उनले बताए । उपाध्यायको भनाइ अनुसार ट्रान्सफ भएका ट्यांकर जम्म २८ पेट्रोल ट्यांकर र ५६० के.लि र डिजल ६९ ट्यांकर परिमाण १३८० के.लि वितरण भएको बताए । विहिबार काठमडौंमा ५ लाख लिटर विटरण भएको बताए । पेट्रोलको लागि ११ वटा ट्याकंर राक्सोल पेट्रोल भर्न गाडि पुगी सकेको पनि जानकारी दिए ।
यस्तै २ गते देखि ट्यांकर चालकले मुलुकी संहिताको विरोध आन्दोलिन गर्दै यातायात बन्द गरेका थिए । सो बन्दले राजधानीमा पेट्रोलियम पर्दाथको अभाव भएको थियो । शुक्रबार पनि राजधानीका विभिन्न पेट्रोलका पम्पहरुमा गाडीहरुको ठुला लाइन रहेको थिए ।

यस्तै शुक्रबार कामठाडौंमा पेट्रोलीयम पदार्थमा आपूर्ति असहज भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री वितरणमा कोटा प्रणाली गरेको थियो ।
निगमले नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनलाई शुक्रबार पत्र पठाउँदै बाइक, कार र लामो दूरीका सवारी साधनलाई तोकिएको परिमाणमा तेल दिन निर्देशन जारी समेत दिएको उपाध्यायले बताए । निगमले वाइक र स्कुटरलाई पाँच लिटर, हल्का सवारी साधन कार तथा भ्यानलाई १५ लिटर, डिजलबाट संचालन हुने छोटो दूरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारी साधनलाई बढीमा सय लिटर तेल दिने व्यवस्था गर्न निर्देशन दिएको थियो ।निगमले एम्बुलेन्स,स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकतामा तेल दिन निर्देशन दिएको थियो ।
चालक मुलुकी संहिताको दफा १६१(२) को साटो दफा १६१(३) र दफा १६१(३) को सट्टा दफा १६१(२) लगाउने गरेकाले विरोध गरेका थिए ।

दफा १६१ (२) मा चालकको लापरवाहीले मृत्यु भए तीन वर्ष देखि १० बर्षसम्मको कैद, ३० हजारदेखि एक लाख रुपैयाँ जरिवानावा दुवै सजाय हुने व्यवस्था छ । यस अघिको ऐनमा दुई देखि १० वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको व्यवस्था थियो । यस्तै दफा १६१ (३) मा चालकको लापरवाहीले दुर्घटना निम्तिए न्यूनतम ६ महिना देखि एक वर्ष कैदको व्यवस्था गरिएको छ । यसअघि एक महिनादेखि एक वर्षको मात्रै कैदको व्यवस्था थियो ।
सो संहिता बमोजिम यातायत चालकहरुले गाडि दुर्घना हुँदा घटनाको सहि छानविन दोसिलाई कारबाहि गर्नु पर्ने लगायतका बुँदामा सरकारसंग समझौता भएको यातायत वातावरण तथा भौतीक निर्माण मन्त्रालयका सचिव मधुसुधन अधिकारीले जानकारी दिए ।



from Rajdhani Daily https://ift.tt/2OGGwyw

No comments:

Post a Comment

Post Bottom Ad

Pages