मुनाल सहकारीको १०औं साधारण सभा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 18, 2018

मुनाल सहकारीको १०औं साधारण सभा

काठमाडौं/रास– मुनाल बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईंको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतिले पारित गरिएको छ ।

सो अवसरमा गण्डकी प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले मुनाल सहकारी कास्कीका सहकारीमध्ये अग्रणी सहकारीका रूपमा स्थापित भएकामा खुसी व्यक्त गर्दै अब सहकारी उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका–९ का वडाध्यक्ष रामराज लामिछानेले सहकारी र वडाको समन्वयमा जनताको आर्थिक उन्नति र सामाजिक उत्तरदायित्वका धेरै कार्य गर्न सकिने बताए ।

 



from Rajdhani Daily https://ift.tt/2MIeKjf

No comments:

Post a Comment

Post Bottom Ad

Pages