राजधानी समाचारदाता/काठमाडौं ।
बिगतका दुई सिनेमा गाजलु र रोमियो एन्ड मुनामा एकल प्रेमिकाको भूमिका निर्वाह गरेकी अभिनेत्री सृष्टी श्रेष्ठ यसपटक त्रिकोणात्मक प्रेममा परेको बताएकी छिन् ।
यही ५ असोजबाट उनको नयाँ चलचित्र ‘बाँध मायाले’ देशव्यापी प्रदर्शनीमा आउँदैछ । यसै बिषयमा सोमबार राजधानीमा आयोजना गरिएको पत्रकार भेटघाटका क्रममा पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टीले यो चलचित्रमा आफु दोहोरो प्रेमिकाको भूमिकामा रहेको बताएकी छिन् ।
फिल्ममा दुई अभिनेता आर्यन अधिकारी र किशोर खड्का छन् । आफु यो फिल्ममा एउटा अनाथ आश्रममा हुर्किएकी युवतीको भूमिकामा रहेको पनि सृष्टीले बताईन् । फिल्ममा आफुलाई दुबै अभिनेताले माया गर्ने भएकाले दुवैको मायामा आफु बाधिएको उनले बताईन् ।
अभिनेता आर्यन अधिकारीले पनि बिगतका आफुले एक्सन प्रधान भूमिका निर्वाह गरे पनि बाँध मायालेमा प्रेममय भूमिका निर्वाह गरेको बताए । आफु र सृष्टीको जोडी यो फिल्ममा सुहाएको र हालै अमेरिकामा गरेको प्रिमियरमा आफुहरुको जोडीलाई दर्शकले रुचाएको उनले बताए । हिजोको दिनमा अनमोल र सृष्टीको जोडी सुहायो भन्नेहरुले बाँध मायाले रिलिज भएपछि सृष्टीको जोडी आर्यन अधिकारीसँग खुवै सुहायो भन्ने विश्वास आफुले लिएको यी अभिनेताले बताए ।
यही चलचित्रबाट नव अभिनेताको रुपमा नेपाली चलचित्रमा उत्रिएका किशोर खड्काले पनि आफु एक प्रेमीको भूमिकामा रहेको बताए । फिल्ममा जिम्मेवार प्रहरी अफिसरसँगै कुशल प्रेमीको रुपमा रहेको यी अभिनेताले बताए ।
सविर श्रेष्ठले निर्देशन गरेको चलचित्र बाध मायाले यही ५ असोजमा अर्को चलचित्र इन्टु मिन्टु लन्डनसँग भिड्दै छ । यी दुबै प्रेम कथामा आधारित चलचित्र हो ।
from Rajdhani Daily https://ift.tt/2OFebZi

No comments:
Post a Comment