राजधानी समाचारदाता, काठमाडौ । निर्मला पन्त बलात्कार र हत्या घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयले एसपी दुर्गा सिंहलाई कञ्चनपुर पठाएको छ । पीडित परिवार र स्थानीयसँग समवन्य गरी अनुनसन्धानलाई थप प्रभावकारी बनाउन भन्दै सिंहलाई पठाइएको हो ।
१३ वर्षीया बालिका पन्तको हत्या भएको २ महिना बित्न लाग्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन । निर्मलाको न्यायका लागि उनका बुवाआमासहित कञ्चनपुरबाट महिला अधिकारकर्मी काठमाडौं आएका थिए ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनीहरु घर फर्किइसकेका छन् । निर्मला हत्या प्रकरणमा प्रहरीले वास्तविक अभियुक्त लुकाएको अभियोग लाग्दै आएको छ । निर्मलाको हत्यारालाई कार्वाही गर्नुपर्ने माग राख्दै कञ्चनपुरवासीले गरेको आन्दोलनमा प्रहरीको गोली लागि १६ वर्षे किशोर सन्नी खुनाको मृत्यु भएको थियो भने अन्य छ जना घाईते भएका छन् ।
from Rajdhani Daily https://ift.tt/2pgeO0t

No comments:
Post a Comment