बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रदुषणरहित बनाऔं - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 28, 2018

बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रदुषणरहित बनाऔं

प्रकाश आचार्य/लुम्बिनी।

बुद्धजन्म स्थल लुम्बिनीलाई प्रदूषणरहित बनाउँदै विश्वको पवित्र तीर्थस्थल बनाउन सबैको सहकार्य जरुरी रहेकोमा जोड दिइएको छ । विश्व सम्पदा सूचिमा सूचिकृत अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा औद्योगिक प्रदुषणबढेको र त्यहाँ ध्यानमा समेत अवरोध हुने गरेको बारेमा गुनासो आइरहेका बेलामा यस्तो कुरा उठेको हो ।

लुम्बिनी प्रवेश गर्ने भैरहवाको गेटदेखि लुम्बिनीसम्मै थुप्रै उद्योगहरू स्थापना भएका छन् । यसका साथै लुम्बिनीभित्रै समेत प्लाष्टिकजन्य फोहर र जथाभावी निर्माण कार्य भइरहेका छन् । यी सबै कार्यहरूलाई रोक्दै लुम्बिनीलाई प्रदूषणरहित बनाउन वातावरण विज्ञहरूले अभियान चलाउँदै आएका थिए ।

कोरिडोरमा करिब एक दर्जन सिमेन्टसहित करिब डेढ दर्जन ठूला उद्योगहरू सञ्चालनमा रहेका छन् । अधिकांशले प्रदूषण नियन्त्रणको अत्याधुनिक प्रविधि जडान गरेका छैनन् । यस्ता उद्योगहरूको नियमनका लागि स्पष्ट मापदण्ड नहुंदा लुम्बिनीको १३ किलोमिटर दुरिमै प्रदूषण निम्त्याउने कैयौं उद्योगहरू संचालित छन् । सिमेन्ट वाहेक त्यहां स्टिल, इटा, पेपर, डिस्टिलरी, खाद्यान्नलगायतका उद्योगहरू छन् । सिमेन्ट उद्योगबाट उत्पादन हुने धुलोका कणले लुम्बिनीस्थित अशोकस्तम्भमा असर गरेको दुई वर्ष अघि युनेस्कोको अध्ययनले देखाएको थियो । यस्तै ध्वनी र वायु प्रदुषणले भिक्षु भिक्षुणीलाई ध्यानमा समेत असर गरेको गुनासो उनीहरूको छ ।

यसैक्रममा लुम्बिनीको औद्योगिक प्रदुषणबारे नेपाल वातावरण पत्रकार समूहले लुम्बिनीमै आएर सरोकारवालाहरूका बीचमा संचार वहस आयोजना गरेको छ । उक्त कार्यक्रममा सहभागीहरूले लुम्बिनी जस्तो पवित्र सम्पदालाई प्रदूषणरहित बनाउनुपर्नेमा जोड दिए ।

वहसमा बोल्दै प्रदेश ५ सरकारका उद्योग, वन, पर्यटन, वातावरण तथा जलवायु मन्त्री लिला गिरीले विश्व सम्पदा सूचिमा सूचिकृत लुम्बिनीलाई प्रदुषणमुक्त बनाइछाड्ने प्रतिबद्धता जनाए  । उनले लुम्बिनीजस्तो सम्पदाको संरक्षण र सम्बद्र्धनका लागि प्रदेश सरकार गम्भीर रहेको र तीनै तहका सरकार बीचमा समन्वय भइरहेको बताए  ।

लुम्बिनी विकास कोषका निमित्त सचिव इन्जिनियर सरोज भट्टराईले उद्योग विभागले लुम्बिनी विकास कोषसंग समन्वय नै नगरी उद्योग स्थापनाको अनुमति दिने गरेको गुनासो गरे । उद्योग विभाग ,प्रविधि तथा वातावरण शाखामा झण्डै २ सय २० वटा वैठक बस्दा कोषलाई भने एकपटक मात्र बोलाइएको उहाँले बताए  । तिनै वैठकहरूमार्फत उद्योग स्थापनाको स्वकिृति दिने टुंगो लाग्ने गर्छ । लुम्बिनी विकास कोषमा कार्यरत प्राविधिकहरूलाई कोष भित्रको वाहेक बाहिरी परिसरको वातावरणीय प्रदुषण हेर्ने अधिकार नभएको बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले लुम्बिनी विकास कोषले स्थानीय सरकारसंग समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय तहको चुनावपछि लुम्बिनीप्रति स्थानीयको अपनत्व विस्तारै बढ्न थालेको भन्दै चौधरीले सथानीयकै सहकार्यमा लुम्बिनी षेत्रका घरहरूमा बुद्धत्व झल्कने पहेंलो रंग लगाउने तयारी भइरहेको बताए  ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भिक्षु विवेकानन्दले प्रदुषण नियन्त्रण गर्ने प्रविधि र उपकरण उद्योगहरूमा जडान नहुंदा लुम्बिनीमा रहेका अशोक स्तम्भलगायतका सम्पदाहरूमा असर पुगेको बताए  । उनले लुम्बिनी जस्तो महत्वपूर्ण सम्पदालाई बचाउन कम्तीमा ३० देखि ४० किलोमिटर वरपर प्रदुषण निम्तिने उद्योगहरू राख्न नपाउने गरी कानुन बनाउन संघीय, प्रदेश र स्थानीय सरकारलाई सुझाव दिनुभयो । लुम्बिनीमा हुने प्रदुषणको अनुगमन गर्न युनेस्को र विश्व स्वास्थ्य संगठनसंग सरकारले सहयोग लिन जरुरी रहेको बताए  ।

पर्यटनविद् डा.गितु गिरीले वायु प्रदुषणसंगै ढल र नालीको उचित वयवसथापन गरी लुम्बिनीलाई सफा र स्वच्छ बनाउनुपर्ने सुझाव दिए  । उनले स्थानीयलाई साथमा लिएर अभियान चलाउनुपर्ने बताए  ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2OQV12S

No comments:

Post a Comment

Post Bottom Ad

Pages