राजधानी संवाददाता/रौतहट।
प्रदेश नं. २ का मुख्य मन्त्री शेख लालबाबु राउतले एसिड प्रहार गर्ने अपराधीलाइ फाँसीको सजाय हुनु पर्ने बताएका छन । रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. ६ चन्द्रनिगाहपुरमा एसिड प्रहारबाट मृत्यु भएकी १८ बर्षिय सम्झना दासको परिवारलाइ राहत प्रदान गदै मुख्य मन्त्री राउतले यस्तो बताएका हुन । अर्काको ज्यान नै लिने गरी जुन किसिमको अपराध भएको छ सो अपराधको घोर निन्दा गदै मुख्य मन्त्री राउतले त्यस्ता अपराधीलाइ फासीको सजाय हुनु पर्ने बताए । उनले भने ‘ एसिड प्रहार गर्ने अपराधीलाइ कडा भन्दा कडा कार्वाही गर्न प्रदेश सरकारले कुनै कसुर बाकी राख्दैन’ । यस्ता अपराधका घटनाहरूलाइ न्युनिकरण गर्नको लागी पनि फाँसीको ब्यबस्था हुनु पर्ने मख्य मन्त्री राउतले बताए । अन्य थप अपराधीलाइ पत्ता लगाउनको लागी प्रदेश सरकारले न्याधिबक्ता दिपेन्द्र कुमार झाको संयोजकत्वमा छानबिन समिति समेत गठन गरेको उनले जानकारी दिए ।
यसै बिच मुख्य मन्त्री राउतले एसिड प्रहारबाट मृत्यु भएकी सम्झना दासको परिवारलाइ एक लाखको चेक हस्तान्तरण गरेका छन ।उनले सम्झनाका बुबा जादोलाला दासलाइ चेक हस्तान्तरण गरेका थिए । प्रदेश सरकारले पहिलो चरणमा १ लाख र दोश्रो चरण ३ लाख गरी ४ लाख मृतक परिवारलाइ राहत स्वरुप सहयोग गर्ने निर्णय गरेको मुख्य मन्त्री राउतले बताए । मुख्य मन्त्री राउतले पिडित दासको घर मै पुगेर राहत रकम दिएका थिए । प्रहरीले एसिड प्रहार गरेको आरोपमा उनकै छिमेकी रामबाबु पासवानलाइ नियन्त्रण लिएर अनुसन्धान गरिहेको छ ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2zCg6cl

No comments:
Post a Comment