हलमै गएर ऋषि धमलापत्नीको फिल्म हेरे पूर्वप्रधानमन्त्री खनालले - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 30, 2018

हलमै गएर ऋषि धमलापत्नीको फिल्म हेरे पूर्वप्रधानमन्त्री खनालले

काठमाडौं– पछिल्लो समय नेताहरुले नेपाली चलचित्र हेर्न थालेका छन् । यसै क्रममा सत्तारुढ दल नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले शनिबार चलचित्र हलमा पुगेर ‘अनुराग’ चलचित्र हेरेका छन् ।

कमलपोखरीस्थित बिग मुभिजमा यो चलचित्र हेरेपछि अनुराग राम्रो चलचित्र बनेको र आफूलाई मन परेको खनालले सञ्चारकर्मीलाई बताए । यो चलचित्रले अहिलेका युवा पुस्ताको मन जित्ने जिकिर पनि पूर्वप्रधानमन्त्री खनालले गरे । त्यस्तै, प्रतिनिधिसभाका उपसभामुख तुम्बाहाम्फेले पनि आफैंले धेरै समयपछि हलमा आएर यो नेपाली चलचित्र हेरेको बताइन् । अनुरागमा आफूलाई कलाकारहरुको अभिनय जीवन्त लागेको र यो समसामयिक चलचित्र बनेको तुम्बाहाम्फेले बताइन् ।

हास्य कलाकार जितु नेपालसहित विभिन्न व्यक्तिहरुले पूर्वप्रधानमन्त्री खनालसँगै यो चलचित्र हेरे । सांगीतिक प्रेमकथा रहेको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । यसमा एलिजा गौतम, समुन्द्र पण्डित, चलचित्रमा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको अभिनय छ । यो चलचित्रलाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् ।



from Rajdhani Daily https://ift.tt/2zG5yJ2

No comments:

Post a Comment

Post Bottom Ad

Pages