अभिनेत्री रेखा थापा यसपटक परिवारमा दाइजोका कारण यौन हिंसापीडित मालिका यादव बनेकी छन् । आगामी तिहारबाट प्रदर्शनमा आउने चलचित्र ‘मालिका’मा उनी दाइजोका कारण पतिबाट यौन हिंसा र सासू ससुराबाट हिंसापीडित बनेकी छन् ।
सोही पीडाका कारण घर छाडेर महिला हिंसाविरुद्ध उत्रिएकी उनले ठाउँ ठाउँमा पुगेर बाल विवाह रोक्दै महिला हिंसाविरुद्ध संगठन नै तयार गर्छिन् । आफू कराते खेलाडी बनेर हिंसापीडित किशोरी तथा महिलालाई हिंसाविरुद्ध उतार्न उनी सफल हुन्छिन् ।
यो चलचित्रको शुक्रबार राजधानीमा एक समारोहबीच ट्रेलर रिलिज गरियो । ट्रेलरमा रेखाले हिंसापीडित तराईकी महिला मालिका यादवको भूमिका निर्वाह गरेकी छन् । जाजरकोटकी एक युवती (कमला ओली)ले बाल विवाहपछि भोग्नुपरेको कठिनाइविरुद्ध रेखाले कमलालाई सशक्त खेलाडी बनाएर बदला लिन लगाउँछिन् । यस्तै यस्तै दृश्य यो चलचित्रको ट्रेलरमा समेटिएको छ ।
मुलुकमा बलात्कार र महिला हिंसा अत्यधिक बढेका कारण त्यसका विरुद्ध चलचित्र मालिका बनाएको उनले बताइन् ।
जीवनमा कहिल्यै चलचित्र नहेरेको बताउने कमला ओलीले पनि रेखाकै प्रेरणाले आफूले यो चलचित्रमा काम गरेको अनुभव सुनाइन् । शिबम अधिकारीले लेखेको यो चलचित्रको निर्देशन पनि रेखाले नै गरेकी हुन् । रामशरण उप्रेतीको छायांकन रहेको यो चलचित्र १६ कात्तिकबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।
from Rajdhani Daily https://ift.tt/2y1JIOe

No comments:
Post a Comment