शान्तिका दुई गीत रिलिज - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 30, 2018

शान्तिका दुई गीत रिलिज

काठमाडौं/रास– चलचित्र ‘शान्ति’को दुई गीतको भिडियो शनिबार राजधानीमा एक समारोहबीच रिलिज गरिएको छ ।

आगामी १४ मंसिरमा रिलिज हुने यो चलचित्रको ‘बलेसीमा पानी खस्यो…’ र ‘पहिलो नजर जुध्यो…’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।
‘बलेसीमा पानी खस्यो’ गीतमा दिनेश लिङ्देन र ‘पहिलो नजर जुधेपछि’मा हरि उप्रेतीको शब्द छ । विकास चौधरीको संगीत यी गीतमा छ ।
यो चलचित्रमा सुशील क्षत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जीव थेबे, सुदिता लिङ्देन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदीप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारीको अभिनय छ ।

चलचित्रका निर्देशक दिनेश लिङ्देनका अनुसार शान्तिले वैदेशिक रोजगारीमा नेपालीहरूको यथार्थता, पारिवारिक, सामाजिक एवं प्रेमकथालाई प्रस्तुत गर्नेछ ।

यो चलचित्रमा जनक कार्कीको नृत्य निर्देशन, राजु किराँतीको द्वन्द्व निर्देशन, ज्ञानु राईको छायांकन र मेग मगरको सम्पादन रहेको छ ।
शान्ति वखिम थेवे निर्माता तथा बसन्त थेवे कार्यकारी निर्माता रहेको चलचित्रमा कविता राई लिङ्देन प्रस्तुतकर्ता छिन् ।



from Rajdhani Daily https://ift.tt/2zG2EnO

No comments:

Post a Comment

Post Bottom Ad

Pages