१९ दिनपछि खुल्यो बेसीशहर-चामे सडक - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 30, 2018

१९ दिनपछि खुल्यो बेसीशहर-चामे सडक

हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेसीशहर–चामे सडक १९ दिनपछि पुन: सुरु भएको छ । अविरल वर्षाका कारण भर्दौ २७ गतेदेखि अवरुद्ध सडक आइतबार ११ बजेबाट पुन: सुरु भएको मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले बताए । गुरुङले भने ‘सडक सुचारु भएसँगै १९ दिनदेखि टुटेको दुवै जिल्लाको सडक सम्बन्ध जोडिएको छ । अहिले सडक सुचारु भएसँगै सवारी साधनहरु सिधा संचालन भएका छन् ।’

लमजुङका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बेंसीसहर–चामे सडक खुलाउन डिभिजन सडक कार्यालय दमौलीबाट सुरुवातीदेखि नै पहल भएको र जनप्रतिनिधि र स्थानीयको सहयोगकै कारण समयमै सडक खुलाउन सकिएको बताए । सडक सुचारु भएसँगै आवतजावतमा सहज भएको मनाङ चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए । उनले भने ‘लमजुङ र मनाङ जोड्ने एक मात्र बेसीशहर चामे सडक सुचारु भएसँगै पैदलयात्रु र पर्यटकलाई सहज भएको छ ।’

अवरुद्ध सडक खुाउन लमजुङको उदीपुरमा रहेको श्रीजङ गणका नेपाली सेनाले विष्फोटक पदार्थ प्रयोग गरी पहिरो हटाउनुका साथै पहरो खोपेर पुनःसडक बनाएको हो । सडक निर्माणमा सेनालाई नेपाल प्रहरी, सडक डिभिजन, सांसद, जनप्रतिनिधि, स्थानीय र आसपासका जलविद्युत आयोजनाका कर्मचारीले साथ दिएका थिए । सडक खुलेसँगै पर्यटकीय सिजन सुरु भएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने अन्नपुर्ण संरक्षण क्षेत्र मनाङ एकयापका प्रमुख बावुलाल तिरुवाले बताए ।

भदौ २७ गते वर्षासँगै आएको बाढिपहिरोले खरखरेसँगै खुदी, भुलभुले, सिउरुङबेंसी, अर्खलेबेंसी, घोप्टेभीर, काप्रेभीर, रामबजार, स्याँगे, श्रीचौर, जगत, च्याम्चेलगायत ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको थियो । करिब ६५ किमि बेंसीसहर–चामे सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमि पर्छ ।

The post १९ दिनपछि खुल्यो बेसीशहर-चामे सडक appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2DF6iSD

No comments:

Post a Comment

Post Bottom Ad

Pages