५ असोज, काठमाडौं । अमेरिकाको १५,००० भन्दा बढि एजेन्ट -आउटलेट) र बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनीे ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ ।
यो सेवा सुरु भएपछि अमेरिकामा रहेका नेपालीहरुले जुनसुकै स्टेटबाट सिगे मनी ट्रान्सफर मार्फत नेपालको कुनैपनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सकिने सिगे मनी ट्रान्सफरका चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले जानकारी दिए ।
सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिगे मनी ट्रान्सफरका तर्फबाट चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरे ।
सिगेका चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले सिटी एक्सप्रेससँग रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सिटी एक्सप्रेससँग नयाँ प्रविधि मार्फत सहकार्य गर्दै जाने बताए ।
सिटी एक्सप्रेसले बिगत १२ बर्ष देखि विदेशबाट पठाएको रकम नेपालका आˆना ६ हजार भन्दा बढी एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आएको छ ।
from Online Khabar https://ift.tt/2OBIKPz
Post Top Ad
Friday, September 21, 2018
सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबीच सम्झौता
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals

No comments:
Post a Comment