मजदुरलार्इ अगाडि सारेर यातायात व्यवसायीले ठप्प पारे यातायात - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 21, 2018

मजदुरलार्इ अगाडि सारेर यातायात व्यवसायीले ठप्प पारे यातायात

५ असोज, बुटवल । यातायात मजदुरलाई अगाडि सारेर बस समितिहरुले नै सहमति उल्लंघन गरेर गाडी नचलाएपछि प्रशासनले कारबाहीको तयारी गरेको छ ।
बिहीबार मात्रै रुपन्देहीका विभिन्न बस समितिका प्रतिनिधिहरु, मजदुर प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयबीच गाडी संचालन गर्ने सहमति भएको थियो । तर, शुक्रबार बिहानैदेखि सार्वजनिक गाडी संचालन नभएपछि बस समितिहरुमाथि प्रशासनले कारवाही गर्ने चेतावनी दिएको हो ।
‘मजदुरलाई देखाएर खासगरी पश्चिम नेपाल बस व्यवसायी संघकै योजनामा गाडी नचलाइएको थाहा लाग्यो’-रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले अनलाइनखबरसंग भने, ‘सार्वजनिक यातायातमा हड्ताल गर्ने बस समितिहरुमाथि अब कठोर कदम नचाली नहुने देखियो, देशभरिको समस्या भएकाले केन्द्रबाट पनि केही निर्देशन पर्खेका छौं ।’
प्रमुख जिल्ला अधिकारी रानाले मजदुरलाई अगाडि सारेर गाडी संचालन नगर्ने बस समितिका पदाधिकारीहरुलाई के कस्तो कारबाही गर्ने भन्नेबारे गृहकार्य भइरहेको बताए ।
चाडपर्वको मुखमा चार दिनसम्म लगातार सार्वजनिक सवारी साधन नचल्दा यात्रुहरुले चरम सास्ती खेप्नु परेको छ ।
गन्तव्यमा हिंडेकाहरु बसपार्कमा अलपत्र छन् । जिल्ला प्रशासनमा भएको छलफलमा यातायात संचालन गर्ने सहमति भएको थियो । सहमतिमा बस समिति र मजदुर संगठनका प्रतिनिधिले हस्ताक्षर गरेका थिए । तर, छलफलमा सहभागी भइ सहमतिमा हस्ताक्षर गरेका यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिले सहमति उल्लंघन गरेपछि यात्रुहरु समस्यामा परेका छन् ।
पश्चिम नेपाल बस व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरेले आफूहरु सवारीसाधन संचालन गर्न तयार रहेपनि मजदुरहरुले नमानेको दावी गरे ।
उनले मजदुरहरुलाई कन्भिन्स गरेर भोलिदेखि गाडी चलाउने वातावरण बनाउन आफूहरु सक्रिय रहेको बताए ।
नयाँ मुलुकी संहितामा चालकले लापरवाही गरेर गाडी दुर्घटना भएको पुष्टी भएमा चालकलाई जेल हाल्ने कानुनी व्यवस्थाको विरोधमा यातायत मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।
बस समितिहरुले बसपार्कका टिकट काउन्टर भने खोलेका छन् । तर,बसपार्कमा बसहरु छैनन् । बुटवलको लुम्बिनी बस टर्मिनल सुनसान छ ।


from Online Khabar https://ift.tt/2O39vPW

No comments:

Post a Comment

Post Bottom Ad

Pages