दीपाश्रीपछि कुञ्जना फिल्मको निर्देशक ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 20, 2018

दीपाश्रीपछि कुञ्जना फिल्मको निर्देशक ?

सिरियलमा जमिरहेका कलाकारहरुले चलचित्र ‘६ एकान ६’ बनाउँदा कमैले मात्र पत्याएका थिए । तर, यो सिनेमा हिट भएपछि दिपकराज गिरी, दीपाश्री निरौला लगायतको टिमलाई दर्शक र चलचित्रकर्मीले नै पत्याए । दिपकराज गिरीले ‘तितो सत्य’ छाडेर ‘६ एकान ६’ बनाउँदा निर्देशकको रुपमा दिनेश डीसीलाई रोजेका थिए । यसपछि, ‘वडा नम्बर ६’ बनाउँदा उनले उज्ज्वल घिमिरेलाई रोजे ।

यी दुई चलचित्र बनाउँदा कलाकार दीपाश्री निरौलाले निर्देशनको धेरै पाटो सिकिसकेकी थिइन् । यसैले, दिपकले पनि अन्य निर्देशक खोज्नुको साटो दीपालाई नै ‘छक्का पन्जा’को निर्देशक बनाए । अब त, यो टिमबाट बन्ने चलचित्रमा दिपा नै निर्देशक पक्का छ ।

चलचित्र ‘शत्रु गते’ बनाउँदा मह जोडी र निर्माता किरण केसीले ‘जात्रा’ बनाएर सफल भएका निर्देशक प्रदिप भट्टराइलाई रोजेका थिए । तर, दोश्रो चलचित्र ‘दाल भात तरकारी’ बनाउने तयारी गर्दा किरणले आफ्नै छोरा सुदन केसीलाई निर्देशक बनाएका छन् । किनकी, अब किरणलाई दर्शकले ब्रान्ड र टिममा विश्वास गर्छन् भन्ने भैसकेको छ ।

हाँस्य कलाकारहरुकै टिमका अर्का सदस्य सिताराम कट्टेल र कुञ्जना घिमिरे पनि चलचित्र निर्माणमा लागेका छन् । चाडै नै चलचित्रको नाम र कलाकार घोषणा गरिनेछ ।

तर, सितारामले बनाउन लागेको चलचित्रको निर्देशन भने उनकै धर्मपत्नी कुञ्जना घिमिरेले गर्ने चर्चा चलेको छ । यो बिषयमा पत्रकारले कुञ्जनासँग प्रश्न गरेका थिए । जसमा उनले भनिन्-‘मलाई सितारामजी र टिमले चलचित्र निर्देशनका लागि कुरा गर्नुभएको छ । तर, अहिले नै मैले गर्ने वा अरु कुनै निर्देशकले गर्ने पक्का भएको छैन ।’

कुञ्जनाले यसो भनिरहँदा एउटा कुरा पक्का के हो भने, यसको निर्माणपक्ष एकैसाथ चलचित्रको सबै कुराको घोषणा गर्न चाहन्छ । यसैले नाम, कलाकार र निर्देशक लुकाइएको छ । तर, सितारामले बनाउन लागेको चलचित्रको निर्देशन कुञ्जनाले गरिन् भने अचम्म नमान्दा हुन्छ ।

चलचित्रको टिममा अहिलेसम्म अरु निर्देशकलाई अफर गरिएको छैन । बरु, कुञ्जनाले नै निर्देशन गर्ने भन्ने बिषयमा आन्तरिक कुरा भैरहेको छ । चलचित्रको स्क्रीप्टको पहिलो ड्राफ्ट फाइनल भैसकेको छ । यो फाइनल गर्दा निर्देशकविना पक्कै पनि गरिएको थिएन होला ।

सिताराम अहिले कुञ्जनाको नाम लुकाएर दर्शक र मिडियालाई केही समयपछि सरप्राइज दिने तयारीमा देखिएका छन् । यसैले पनि नेपाली चलचित्र क्षेत्रमा फेरि अर्की महिला निर्देशक उदाउने संभावना बढेर गएको छ ।



from Online Khabar https://ift.tt/2xpn8j9

No comments:

Post a Comment

Post Bottom Ad

Pages