तोकिएन दसैंमा आउने फिल्मका रिलिज दिन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 20, 2018

तोकिएन दसैंमा आउने फिल्मका रिलिज दिन

डब्बु क्षत्री /काठमाडौं ।

नेपाली चलचित्रको प्रदर्शन मिति एक वर्षअघि नै तोक्ने गरिएको छ । तर, यसपटक दसैंमा रिलिज हुने दुई चलचित्रले प्रदर्शन मिति नजिकिँदै गर्दा पनि फिल्म कुन दिन रिलिज गर्ने भनेर मिति तोक्न सकेका छैनन् ।
दसैंमा चलचित्र ‘जय भोले’ र ‘छक्का पञ्जा–३’ रिलिज हुँदै छ । यी दुवै चलचित्र यतिबेला प्रचारप्रसारमा जुटेका छन् । दुवै फिल्मले टिजरदेखि गीतसमेत छाडिसकेका छन् । तर, दुवै फिल्मको रिलिज मिति अहिलेसम्म सम्बन्धित निर्माताले तय गरेका छैनन् ।
चलचित्र जय भोले कहिले रिलिज हुन्छ भन्ने राजधानीको जिज्ञासामा यसका निर्माता एवं निर्देशक अशोक शर्माले राजधानीसँग भने,‘दसैंजस्तो चाडमा चलचित्र जुन दिन पनि रिलिज गर्न पाउने नियम छ । त्यसैले घटस्थापनाबाट अष्टमीसम्म कुनै एउटा उपयुक्त दिन तय गरेर हामी जय भोले रिलिज गर्दै छौं ।’


यो चलचित्रको पोस्टरसमेत निर्माता निर्देशक शर्माले बनाइसकेका छन् । ‘यसपटकको दसैं, जय भोलेसँगै’ भनेर पोस्टरमा लेखिएको छ । आफूहरूले दसैंलाई लक्षित गरेर जय भोले ल्याउन लागेकाले पोस्टरमा पनि यस्तो स्लोगन लेखिएको पनि निर्देशक शर्माले बताए ।
चलचित्र जय भोलेमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, राजाराम पौडेल, वसुन्धरा भुसाल, किशोर भण्डारी, रामचन्द्र अधिकारीसहितको अभिनय छ ।
यता चलचित्र छक्का पञ्जा–३ लाई पनि दसैंमा ल्याउने यसकी निर्माता निर्देशक दीपाश्री निरौलाले बताइन्, ‘दसैंमा चलचित्र प्रदर्शन गर्ने सबै मिति खुला भएकाले यो मिति भनेर अहिले नै तय गरिहाल्नुपर्ने अवस्था छैन । घटस्थापना र फूलपातीमध्ये कुनै एउटा मितिमा हामी छक्का पञ्जा–३ रिलिज गर्नेछौं ।’
बुधबार सामाजिक सञ्जालबाट यो फिल्मको पोस्टरसमेत सार्वजनिक गरिएको छ । तर, पोस्टरमा चलचित्रको रिलिज मिति तोकिएको छैन ।
यो चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, दीपिका प्रसाई, केदार घिमिरे, शिवहरि पौडेल, जितु नेपाल, किरण केसी, संजोग कोइरालासहितको मुख्य भूमिका रहेको छ ।


यसपटक दसैंका लागि आपसी प्रतिस्पर्धी बनेका यी दुई चलचित्रमध्ये कसले पहिलो मिति तोक्ने भन्ने प्रतीक्षामा दुवै छन् । चलचित्र जसले अघि रिलिज गर्छ त्यसले राम्रा हल कब्जा गर्छ भन्ने प्रतिस्पर्धा रहेको छ । त्यसैले जहिले रिलिज मिति तोके पनि यी दुवै सिनेमा एकै दिनमा आउने छन् । जसका कारण सिनेमा हल पनि अब एउटाले मात्र कब्जा गर्न गाह्रो छ ।
अझ निर्माता निर्देशक अशोक शर्माले धेरै जसो ठूला सिनेमा हलमा दसैंमा जय भोले रिलिज गर्ने भनेर धेरै अघि लिखित सम्झौता गरिसकेका छन् । त्यसैले पनि दसैंमा आफूले तोकेको मितिमा राम्रा हल पाउने कुरामा उनी ढुक्क छन् ।
यता निर्माता दीपकराज गिरी पनि आफूहरूले छक्का पञ्जा एउटा ब्रान्डका रूपमा राम्रो सिनेमा दर्शकलाई दिँदै आएको र छक्का पञ्जा–३ पनि त्यत्तिकै राम्रो बनेको बताउँछन् । दर्शकको चाहनाअनुसार आफूहरूलाई हल सञ्चालकले ठूला र राम्रा हल दिनेमा उनी पनि ढुक्कजस्तै छन् । यी दुवै निर्माताले राम्रा र ठूला हल पाउने विश्वासमा सिनेमा रिलिज हुन तीन साता बाँकी हुँदा पनि प्रदर्शन मिति घोषणा गरेका छैनन् ।



from Rajdhani Daily https://ift.tt/2MOd08v

No comments:

Post a Comment

Post Bottom Ad

Pages