१५८ स्थानीय तहमा पुगे बैंक - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 20, 2018

१५८ स्थानीय तहमा पुगे बैंक

कमला अर्याल/काठमाडौं।

१५८ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । असारदेखि यता २७ वटा शाखा थपिएर १५८ स्थानीय तहमा बैंक पुगेका हुन् । वित्तीय पहुँच विस्तारका लागि सरकारले बजेटमार्फत कुल ७५३ स्थानीय तहमा बैंंक पु¥याउने घोषणा गरेको थियो । सोही घोषणाअनुसार बैंकले आफ्ना शाखा विस्तार गरिरहेका छन् । त्यसैगरी, ९४ स्थानीय तहमा बैंकका शाखा अझै पुग्न सकेका छैनन् । घर भाडा तथा केन्द्र विवादका कारण ती स्थानीय तहमा बैंकका शाखा पुग्न नसकेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए ।

राष्ट्र बैंकले सुरु गरेको  वित्तीय पहुँचको नीति सफल भएको प्रवक्ता पौडलेको भनाइ छ । सरकारले घोषणा गरेको अधिकांश स्थानीय तहमा बैंक पुगेको राष्ट्र बैंकले जनाएको छ । साथै बैंक नपुगेका बाँकी स्थानीय तहमा अभौतिक रूपमा भए पनि बैंक पु¥याउने मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री युवरावज खतिवडाले बताए । बैंक नपुगेका स्थानीय तहमा मोबाइल बैंकिङलगायत सेवा विस्तार गरी बैंकिङ सेवा पु¥याउने अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

बैंक नपुगेका बाँकी स्थानीय तहमा अभौतिक रूपमा भए पनि बैंक पु¥याउने सरकारको तयारी

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार प्रदेश नम्बर १ मा गत वर्ष ५४ वटा बैंक शाखा थपिएका छन् । यस प्रदेशमा गत वर्ष ११२ स्थानीय तहमा बैंकका शाखा पुगेका थिए भने अघिल्लो वर्ष ५८ स्थानीय तहमा मात्रै बैंक पुगेका थिए । प्रदेश १ मा कुल १३७ स्थानीय तह रहेका छन् । त्यसैगरी, प्रदेश नम्बर २ मा कुल १३६ मध्ये १२२ स्थानीय तहमा बैंक पुगेका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष प्रदेश २ क्षेत्रमा ७५ वटा बैंकका शाखा थपिएका छन् । त्यसैगरी, प्रदेश ३ क्षेत्रमा ११९ स्थानीय तहमध्ये १०७ स्थानीय तहमा बैंक पुगेका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष यस प्रदेशमा ४९ वटा बैंकका शाखा थपिएका छन् ।

त्यस्तै, प्रदेश ४ मा ७४ स्थानीय तहमा बैंक पुगेका छन् । यस प्रदेशमा ८५ स्थानीय तह रहेका छन् । यस प्रदेशमा अघिल्लो वर्षको तुलनामा गत वर्ष ४० वटा बैंकका शाखा थपिएका छन् । त्यसैगरी, प्रदेश ५ मा ९९, कर्णाली प्रदेशमा ५४ र प्रदेश ७ मा ६३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

अघिल्लो वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको संख्या १४९ रहेकामा गत असार मसान्तमा १५१ पुगेका छन् । राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २५ वित्त कम्पनी र ६५ लघुवित्त संस्थाहरू सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल २०७४ असार मसान्तमा ५ हजार ६८ रहेकामा २०७५ असार मसान्तमा ६ हजार ६५१ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

 



from Rajdhani Daily https://ift.tt/2puZn4V

No comments:

Post a Comment

Post Bottom Ad

Pages