चाडपर्वमा शिखरको नया उत्पादन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 20, 2018

चाडपर्वमा शिखरको नया उत्पादन

काठमाडौ/रास–शिखर सुजले नजिकिँदै गएको दशैं, तिहार, छटलगायतका चाडबाडलाई लक्षित गरेर १ सय भन्दा बढी नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ ।

युवायुवती, स्कुले विद्यार्थी, कामकाजी ब्यक्तित्वलाई लक्षित गरेर शिखरले हरेक सिजनमा नयाँ डिजाइनका जुत्ता उत्पादन गर्दै आएको छ । दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने अबसर भएकाले ग्राहकलाई उनीहरुको रोजाइ अनुसारको जुत्ता उपलब्ध गराउन बजारमा आएका भन्दा विल्कुलै नयाँ डिजाइनका जुत्ता ल्याएको पनि बिज्ञप्तिमा उल्लेख छ ।

ती जुत्तामा पार्टी सुजका २५ भन्दा बढी डिजाइन, स्पोर्टस् सुजका २५ भन्दा बढी डिजाइन, क्याजुअल सुजका २५ भन्दा बढी डिजाइन र अन्य जुत्ताका २५ भन्दा बढी डिजाइन छन् । शिखरले लेडिज तथा जेन्स स्यान्डल, पार्टी शु, कलेजरस्कुल शु, अफिसियल शु, क्याजुअल शु र स्पोर्टस्लगायतका जुत्ता बजारमा ल्याएको पनि जनाएको छ ।

उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४ हजारभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका पनि कम्पनीले दावी गरेको छ । काठमाडौं र विराटनगरमा शुकन्भेयर,पियू र डिएमएस मेसिनल गायतका स्वचालित प्लान्ट राखेर जुत्ता उत्पादन गरिरहेको पनि कम्पनीले जनाएको छ । कम्पनीले आफना उत्पादनमा ६ महिनाको वारेण्टी दिएको छ ।



from Rajdhani Daily https://ift.tt/2MQZrF4

No comments:

Post a Comment

Post Bottom Ad

Pages