अर्जुन श्रेष्ठधादिङ।
/हिजो आज तेल कहाँ पाइन्छ भन्दा धेरै बालबालिकाले प्याकेट, काटुन तथा बोतलको नाम लिन्छन् । अनि चालम बोहोरामा फल्छ भन्नेहरू पनि धेरै छन् । कमै बालबालिकालाई मात्रै जानकारी होला कि, खेतवारीमा फलेको तोरी, तिल भट्टमासबाट पेलेर तेल बनाइन्छ । पहिले काठको कोलले तेल पेल्ने चलन, हिजो आज एकादेशको कथा जस्तै लोप भैसकेको छ । त्यसैले, फोटो मार्फत यस्तै यस्तै जिउँदो इतिहास खोज्दैछन्, धादिङका फोटो पत्रकारहरू ।
नेपाल फोटो पत्रकार संघ जिल्ला शाखा धादिङले आयोजना गरेको पहिलो खुल्ला फोटो प्रतियोगीतामा धादिङको इतिहास झल्किने खालका फोटोहरू प्रतिस्पर्धामा समावेश गरिएको थियो ।
कृषि, पर्यटन, मानविय संवेदना, शिक्षा, स्वास्थ्य, साहित्य, संस्कृति, खेलकुद र जिल्लाका ऐतिहासिक महत्व बोकेका फोटोहरू समावेश भएको थियो । प्रतियोगितामा सहभागी ८३ जनाको १ सय ५८ फोटो मध्ये पत्रकार सिताराम अधिकारीले खिचेको फोटो प्रथम भएको छ । अधिकारीले जिल्लाको सल्यानटारका कुमाल समुदायले परम्परागत कोलमा तेल पेल्दै गरेको फोटो प्रतियोगितामा समावेश गरेका थिए ।
त्यस्तै, गणेश ढुङगानाको धार्मिक महत्व बोकेकोे फोटो द्धितीय र नेपाली महिलाले थुन्से बुनेको प्रमिला गिरीको फोटो तृतीय भएका छन् । प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले क्रमश ः २५ हजार, २० हजार र १५ हजार सहित ट्रफी, र प्रमाणपत्र प्रदान गरका छन् ।
प्रतियोगीतामा समावेश भएका फोटोहरूलाई टप २५, टप १० हुदै उत्कृष्ट ३ फोटो छनोट गरिएको थियो । जिल्लाको पहिचान झल्किने कृषि, पर्यटन, मानविय संवेदना, शिक्षा, स्वास्थ्य, साहित्य, संस्कृति, खेलकुद र जिल्लाका ऐतिहासिक महत्व बोकेका दृष्यहरूका आधारमा उत्कृष्ट फोटो छनोट गरिएको निर्णायक मण्डलका सदस्य राजन काफ्लेले जानकारी दिए । राससका फोटो पत्रकार प्रदिपराज वन्त, स्वतन्त्र फोटो पत्रकार राजन काफ्ले र कान्तिपुर दैनिकका वरिष्ठ फोटो पत्रकार शालिकग्राम तिवारी रहेको निर्णायक मण्डलद्धारा प्रतियोगीतामा उत्कृष्ठ फोटो छनोट गरिएको हो ।
फोटो पत्रकारितालाई संस्थागत चुस्त दुरुस्त बनाउँदै लैजाने योजना अनुरुप विश्व पर्यटन दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको नेपाल फोटो पत्रकार संघ जिल्ला शाखा धादिङका अध्यक्ष नारायण शिलवालले बताए । हाम्रो धादिङ राम्रो धादिङ भने जस्तै जहाँ धार्मिक तथा पर्यटकिय दृष्टिकोणले सवल र विशेष महत्व बोकेको उनले बताए । कार्यक्रमकै विच जिल्लाको पहिलो फोटोग्राफर लेख श्रेष्ठ र पहिलो फोटो पत्रकारका रूपमा राजेन्द्रप्रताप शाहलाई सम्मान गरेको हो ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2zBQxbo
No comments:
Post a Comment