चाडपर्वमा ३ सय ६० प्रहरी परिचालन हुने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

चाडपर्वमा ३ सय ६० प्रहरी परिचालन हुने

राजधानी संवाददाता/सल्यान।

दशैँ तिहारको समयमा सल्यानमा ३ सय ६० प्रहरी परिचालन हुने भएका छन् । जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै चाडपर्वको समयमा ३ सय ६० प्रहरी परिचालन हुने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

चाडपर्वको समयमा हुन सक्ने लुटपाट तथा ठगीका घटनाहरुलाई मध्यनजर राखि सार्वजनिक यातायातका साधनहरुमा आवस्यकता अनुसार सादा पोशाकमा तथा युनिफममा हातहतियार सहितको प्रहरी परिचालन गरिने प्रहरीले बताएको छ ।

सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीले जिल्लामा मुख्य नाकाहरुमा २४ सै घण्टा प्रहरी टोली तैनाथ गरि पिकेट डियूटी २४ सै घण्टा सवारी साधन तथा यात्रुको चेकजाचँ गरिने  बताए । उनले बजारक्षेत्रमा  पिकेट, मोवाईल गस्ती, गस्ती, पैदल गस्ती २४ सैँ घन्टा परिचालन गरी सिसि क्यामेराबाट निगरानी गरिएको बताए । उनले ट्राफिक प्रहरी सहित प्रभावकारी चेकिङको ब्यबस्था मिलाईने बताए ।

यस्तै दसै तिहारको निहुमा जुवा तास, अबैध मदिरा बिक्रि बितरण, आगजनी, बिष्पोटक तथा अवान्छित गतिबिधीहरु हुन सक्ने स्थानहरुको पहिचान गरी निगरानी गरिने उनले बताए । मुख्य ब्यापारिक कारोबार हुने ठाउ, बजारहरु, बैङ्क तथा बित्तिय सस्था, पेट्रोल पम्पहरुमा आर्थिक कारोबारहरु बृद्धिहुने हुदा उक्त क्षेत्रमा, गस्ति पट्रोलिङ, सादा पोसाकमा प्रहरी परिचालन गरी सुरक्षा ब्यबस्था मिलाईको, भिडभाडहुने क्षेत्र तथा टिकट काउण्टरहरुमा टिकेटमा हुने ठगी, पाकेटमारी, नशालु पदार्थ सेवन गराई वा सुघाई लुटपाट हुन सक्ने घटनालाई मध्य नजर राखी त्यस्ता गतिबिधी नियत्रणको लागी सादा पोशाकमा प्रहरी टोली खटाई सुचना संकलन गरी आवस्यकतानुसार प्रहरी परिचालन गरिने छ उनले भने ।

उनले ईलाका प्रहरी कार्यालय सितलपाटी, जिल्ला ट्राफिक कार्यालय सल्यान, ईलाका प्रहरी कार्यालय लुहाम, ईलाका प्रहरी कार्यालय देवस्थल, ईलाका प्रहरी कार्यालय थारमारे र प्रहरी चौकी कपुरकोटमा यात्रु सहायता कक्ष स्थापना गरिने बताए । यस्तै बजार अनुगमन तथा कालो बजारी नियन्त्रणको लागि आवश्यक कदम चालिने, सरसफाईलाई प्राथामिकता दिईने उनले बताए ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2y5Ey3y

No comments:

Post a Comment

Post Bottom Ad

Pages