दसैंबाट मंसिर पुग्यो ‘ड्रिम गर्ल’ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

दसैंबाट मंसिर पुग्यो ‘ड्रिम गर्ल’

राजधानी समाचारदाता/काठमाडौं।

दसैंको अवसरमा घटस्थापनाबाट चलचित्र छक्का पञ्जा–३ रिलिज हुने भएपछि यही समयमा रिलिज गर्न लागिएको चलचित्र पछि सरेका छन् ।

यही मितिमा रिलिज गरिने भनिएको चलचित्र ‘ड्रिम गर्ल’ अब ७ मंसिरमा मात्र रिलिज हुने भएको छ । निर्माण पक्षले मंगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै ड्रिम गर्ल ७ मंसिरमा मात्र रिलिज गर्ने घोषणा गरेको छ । सो मितिमा नेपाली चलचित्र नरहेको र दसैंमा जुध्दा व्यापारमा असर पर्ने भएकाले मंसिरमा चलचित्र ल्याउन लागेको निर्देशक ऋषिराज आचार्यले बताए ।

पत्रकार भेटघाट कार्यक्रममा यो चलचित्रको ट्रेलर रिलिज गरियो । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा यो चलचित्र बनेको हो । यसको ट्रेलरमा मुख्य पात्रहरूको प्रेम, हास्य, वियोग र द्वन्द्व समेटिएको छ ।

करिब २ करोड लागत रहेको यो चलचित्रमा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सनविक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा (गैंडा), लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतको अभिनय छ ।

निर्देशक ऋषिराजसहित अर्जुन शर्मा र रामेश्वर धितालले निर्माण गरेको यो चलचित्रको सहनिर्मातामा दक्षिण भारतको रिल एन्ड रियल सिनेमा कम्पनी छ । कार्यक्रममा बोल्र्दै रिल एन्ड रियल सिनेमाका प्रमुख एन्टो रोचाले आफूले नेपाली चलचित्र निर्माणलाई निरन्तरता दिने बताए । सोही कार्यक्रममा ऋषिराजको निर्देशनमा बन्ने नयाँ दुईवटा चलचित्र–चुरीफुरी र द्रौपदीको समेत निर्माण घोषणा गरियो ।

काठमाडौं, मुस्ताङ तथा थाइल्यान्डका विभिन्न स्थानमा खिचिएको ड्रिम गर्लमा अर्जुन पोखरेलको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन, राहुल राई र रामेश्वर हुमागाईंको छायांकन, नवीन निरौलाको सम्पादन रहेको पनि निर्देशक आचार्यले कार्यक्रममा जानकारी गराए ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2Nhtgil

No comments:

Post a Comment

Post Bottom Ad

Pages