सुबिसु केबलनेट प्रालिले दसैँ लक्षित गरी सुबिसु शुभ अफर ल्याएको छ । कम्पनीले क्लियर टिभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवामा फरक–फरक अफर ल्याएको हो । कम्पनीले क्लियर टिभीमा प्रिमियम प्याक अफरअन्तर्गत करसहित १ हजार ५ सय रुपैयाँमा २ महिनाको २ सय ५० भन्दा बढी डिजिटल च्यानल तथा ६० भन्दा बढी एचडी च्यानल भएको प्रिमियम सेवा, सेटटप बक्स र जडान सेवा प्रदान गर्ने भएको छ ।
त्यस्तै, इन्टरनेट फास्ट प्याक अफरअन्तर्गत २ हजार रुपैयाँमा २० एमबिपिएस अनलिमिटेड इन्टरनेट १ महिनाका लागि तथा मोडेम र जडान सेवा दिने जनाएका छ । त्यस्तै, इन्टरनेट र क्लियर टिभी कम्बो प्याक अफरमा २ महिनाको २५ एमबिपिएस अनलिमिटेड इन्टरनेट र क्लियर टिभीको प्रिमियम प्याकेज, मोडेम, सेटटप बक्स र जडान सेवा ४ हजार ५ सय रुपैयाँमा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
The post सुबिसुका हरेक सेवामा दसैँ अफर appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2DTFEFN

No comments:
Post a Comment