आइएमएस गु्रपले डिजेआई ड्रोन भित्र्यायो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

आइएमएस गु्रपले डिजेआई ड्रोन भित्र्यायो

आइएमएस ग्रुपले डिजेआई ब्रान्डको ड्रोन क्यामेरा भित्र्याउने भएको छ । कम्पनीले उक्त ब्रान्डको १० मोडेलका क्यामेरा भित्र्याएको हो । आइएमएस गु्रपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले अर्को अन्तर्राष्ट्रिय ब्रान्डको विक्रेता हुन पाएको र डिजेआई ड्रोन नेपाली बजारमा भित्र्याउन पाएको बताए । उनले भने, ‘भिडियोग्राफी र फोटोग्राफीको बढ्दो माग भएको विकासोन्मुख डिजिटल जमानामा ड्रोन व्यवसायप्रति हामी एकदमै सकारात्मक छाैँ । हाम्रो लक्ष्य भनेको ग्राहकको सन्तुष्टि र अनुभवमा निरन्तर सुधार गर्नु नैै हो ।’


कम्पनीका अनुसार डिजेआईले ड्रोन व्यवसायको ७० प्रतिशत बजार हिस्सा ओगटेको छ । क्यामेरा ड्रोन, एरियल फोटोग्राफीको स्टेबलाइजर र भिडियोग्राफीका लागि डिजेआई विश्व प्रख्यात रहेको कम्पनीले दाबी गरेको छ ।

आइएमएसले ड्रोनका मोडेलहरूमा म्याभिक टू जुम, स्पार्क कन्ट्रोलर कम्बो ह्वाइट, म्याभिक एयर ब्ल्याक, म्याभिक एयर ह्वाइट, टेल्लो ग्लोबल, फ्यान्टम फोर प्रो भी२.० हुन् । त्यस्तै, स्पार्क प्mलाई मोर कम्बो रेड, टेल्लो बुस्ट कम्बो, ओस्मो मोबाइल टू र ओस्मो मोबाइल टू पार्ट वान वेस मोडल बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यीबाहेक अन्य मोडेलका ड्रोन पनि चाँडै भित्र्याउने कम्पनीले जानकारी दिएको छ ।

The post आइएमएस गु्रपले डिजेआई ड्रोन भित्र्यायो appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2O2i5PG

No comments:

Post a Comment

Post Bottom Ad

Pages