ग्लोबल आइएमई बैंक लि. र चन्द्रागिरि हिल्स लि.बीच चन्द्रागिरि केबलकारको टिकट खरिदमा छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र चन्द्रागिरि हिल्स लि.का महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहकले चन्द्रागिरिको थानकोटस्थित काउन्टरबाट केबलकारको टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने जनाइएको छ ।
ग्लोबल आइएमई बैंकले १ सय ३२ शाखा, १ सय ३८ एटिएम, ५ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर, १ सय ३ शाखारहित बैंकिङ सेवा र देशबाहिर ३ प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।
The post ग्लोबल आइएमई बैंकको कार्ड हुनेलाई चन्द्रागिरिमा छुट appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2DTlkEN

No comments:
Post a Comment