अपर आँखुखोला जलविद्युत् आयोजनाको पिपिए सम्पन्न - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

अपर आँखुखोला जलविद्युत् आयोजनाको पिपिए सम्पन्न

अपर आँखुखोला जलविद्युत् परियोजनाको विद्युत् नेपाल विद्युत् प्राधिकरणले किन्ने भएको छ । विद्युत् खरिद गर्ने (पिपिए) सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र प्रवद्र्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईंले हस्ताक्षर गरेका थिए ।

३८ मेगावाट क्षमताको उक्त आयोजना सन् २०२२ डिसेम्बर ३० सम्ममा निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । उक्त योजनाको लागत करिब ८ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । सम्झौताका अवसरमा कम्पनीका सञ्चालकहरू सम्झना अर्याल र अभिमत सुमार्गी पनि सहभागी थिए ।

 

 

The post अपर आँखुखोला जलविद्युत् आयोजनाको पिपिए सम्पन्न appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2O0oECw

No comments:

Post a Comment

Post Bottom Ad

Pages