विद्युत चोरी गर्नेलाई खोस्ने गाउँलेविरुद्ध सार्वजनिक मुद्दा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

विद्युत चोरी गर्नेलाई खोस्ने गाउँलेविरुद्ध सार्वजनिक मुद्दा

नेपाल विद्युत प्राधिकरण र सुरक्षाकर्मीसहितको टोलीले विद्युत चोरी गर्ने तीन जनालाई पक्राउ गरेपछि चोरी गर्नेलाई गाउँलेले खोसेका थिए । खोस्ने समूहको नेतृत्व गर्नेविरुद्ध प्रहरीले सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएको छ ।

सिरहाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका १ कचनारीमा हुकिङ् गरी विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरेपछि गालीगलौज गर्दै खोस्ने समूहको नेतृत्व गर्ने चन्देश्वर यादवलाई पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

हुकिङ् गरी विद्युत चुहावट गर्ने क्रममा पक्राउ परेकाहरुलाई खोस्न गाउँलेहरुको नेतृत्व गर्ने यादवलाई १२ भदौमा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लहानबाट गएको सुरक्षाकर्मीसहित विद्युत प्राधिकरणका कर्मचारीहरुले ११ असोजको साँझमा हुकिङ् गर्ने क्रममा पक्राउ परेका तीन जनालाई यादवको नेतृत्वमा गाउँलेहरुले खोसेका थिए ।

गाउँलेहरुको समूहले विद्युत चोरी गर्ने लाई खोस्नुका साथै विद्युत प्राधिकरणका कर्मचारीहरुलाई गालीगलौजसहित दुव्र्यवहार समेत गरेको प्रहरीले जनाइएको छ । जिल्ला प्रहरीकाअनुसार पक्राउ परेकाहरुलाई खोस्न गाउँले समूहको नेतृत्व गरेको आरोपमा पक्राउ गरिएका यादवलाई प्रहरीले इलाका प्रहरी कार्यालय महेशपुर पतारको नियन्त्रणमा राखेर अनुसन्धान गरेको छ ।

प्राधिकरणको सिरहा, लहान र मिर्चैया वितरण केन्द्रमध्ये मिर्चैया वितरण केन्द्र अन्तर्गत पर्ने गाउँ नगरमा ९ दशमलव २७ प्रतिशत र लहान तथा सिरहा वितरण केन्द्रबाट ३० प्रतिशतभन्दा बढी विद्युत चुहावट भइरहेको प्राधिकरणले जनाएको छ ।

The post विद्युत चोरी गर्नेलाई खोस्ने गाउँलेविरुद्ध सार्वजनिक मुद्दा appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2DPJuQc

No comments:

Post a Comment

Post Bottom Ad

Pages