आइएमई लिमिटेड र एन्टिक फेसन स्टोरबीच सम्झौता - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

आइएमई लिमिटेड र एन्टिक फेसन स्टोरबीच सम्झौता

आइएमई लिमिटेड र बनेपाको नाला दोबाटोमा रहेको एन्टिक फेसन स्टोरबीच आइएमई प्रिभिलेज कार्डबाहक सेवाग्राहीले स्टोरबाट समान खरिद गर्दा ३० प्रतिशतसम्म छुट पाउने सम्झौता भएको छ ।

सम्झौतामा आइएमई लिमिटेडका मार्केटिङ तथा सेल्स अधिकृत अजय थापा र एन्टिक फेसन स्टोरका बजार तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख सञ्जीव प्रजापतिले हस्ताक्षर गरेका थिए । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड स्टोरको क्यास काउन्टरमा देखाउनुपर्ने जनाइएको छ ।

सम्झौता ०७६ साल असोज ९ गतेसम्म लागू हुनेछ । आइएमईले नेपालीले विदेशबाट पठाएको रकम देशभरमा १ सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत उनीहरूका आफन्तलाई वितरण गर्दै आएको जनाएको छ ।

The post आइएमई लिमिटेड र एन्टिक फेसन स्टोरबीच सम्झौता appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2O2CEeS

No comments:

Post a Comment

Post Bottom Ad

Pages