सानिमा बैंकद्वारा भिसा कार्ड अनलाइन पेमेन्ट सुरु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

सानिमा बैंकद्वारा भिसा कार्ड अनलाइन पेमेन्ट सुरु

सानिमा बैंकले सुरक्षित भिसाकार्ड अनलाइन पेमेन्ट सेवाको सुरुवात गरेको छ । बैंकका सबै भिसा डेबिट र क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले सुरक्षितसाथ अनलाइन कारोबार गर्न पाऊन् भन्ने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो ।

उक्त सेवा लिएपछि ग्राहकले सहज र सुरक्षित तरिकाले होटेल बुकिङ, एयरलायन्स टिकट, सपिङजस्ता सुविधा इन्टरनेटका माध्यमबाट लिन सक्ने जनाइएको छ । साथै, ग्राहकले यही सेवा प्रयोग गरी यती एयरलायन्सको अनलाइन टिकट खरिद गरेबापत २ प्रतिशत क्यासब्याक पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

 

 

 

The post सानिमा बैंकद्वारा भिसा कार्ड अनलाइन पेमेन्ट सुरु appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2DTFRZB

No comments:

Post a Comment

Post Bottom Ad

Pages