इसेवाको ‘दसैँ धमाका’ उपहार योजना - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

इसेवाको ‘दसैँ धमाका’ उपहार योजना

इसेवा फोन पे प्रालिले दसैँलाई लक्षित गर्दै ‘दसैँ धमाका’ उपहार योजना ल्याएको छ । असोज २८ गतेसम्म सञ्चालन हुने यस उपहार योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो, विशेष र अन्य योजनामा गरी ३ सयजनाभन्दा बढीले पुरस्कार जित्न सक्नेछन् ।


इसेवा वालेटमा बैंक तथा क्यास पोइन्टबाट १ सय वा सोभन्दा बढी रकम लोड गर्ने व्यक्ति यस उपहार योजनामा सहभागी हुने जनाइएको छ । अन्य उपहार जित्ने विजेताको नाम प्रत्येक ३–३ दिनमा घोषणा गरिनेछ । बम्पर, प्रथम, दोस्रो, तेस्रो र विशेष उपहार जित्ने ग्राहकको नाम असोज २८ गते घोषणा गरिने जनाइएको छ ।

बम्पर उपहारमा एकजनाले थाइल्यान्डको बैंकक यात्राका लागि दुईवटा इकोनोमी क्लासको हवाई टिकट प्राप्त गर्ने जनाइएको छ । त्यस्तै प्रथम उपहारका विजेताले समिट रिभर लजमा एक जोडीलाई एक रात दुई दिनको प्याकेज, द्वितीय पुरस्कारमा दुईजनाले इसेवा पसलमा १० हजार रुपैयाँबराबरको सपिङ भौचर तथा तृतीय पुरस्कारमा तीनजनाले टाइटनको घडी जित्न सक्ने जनाइएको छ ।

अन्य पुरस्कारमा २ सय ५० जनालाई ५ सय १ रुपैयाँका दरले इसेवामा ब्यालेन्स, १० जनालाई मेनिक्युर र पेडिक्युर सेट, ५ जनालाई ज्याकेट, ५ जनालाई २४ सय रुपैयाँबराबरको मिदास इक्लास, ५ जनालाई १ हजार रुपैयाँबराबरको र अन्य ५ जनालाई ५ सय रुपैयाँबराबरको फुड कुपन प्रदान गरिने जनाइएको छ । यी पुरस्कार हरेक ३–३ दिनमा ५६ जनाका दरले वितरण गरी कम्पनीले जनाएको छ ।

 

The post इसेवाको ‘दसैँ धमाका’ उपहार योजना appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2O0jqXf

No comments:

Post a Comment

Post Bottom Ad

Pages