पशुदाना उद्योगपछि दैनिक उपभोग्य खाद्य सामग्री उत्पादन गर्दै आएको निम्बसअन्तर्गतको निम्बसले आफ्नो कम्पनी प्रोबायोटेक इन्डस्ट्रिजले उत्पादन गर्दै आएको सबै खाने तेलले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको छ । कम्पनीका उत्पादनले आइएसओ २२०००ः२००५(एचएसिसिपी) प्रमाणपत्र प्राप्त गरेको हो ।
एचएसिसिपी प्रमाणपत्र प्राप्त उद्योगबाट उत्पादित उत्पादन खाद्य सुरक्षा र सुरक्षित उत्पादन प्रक्रिया अपनाएर गरिएको हुनाले उपभोक्ताको स्वास्थ्यका लागि सुरक्षित मानिने कम्पनीले जनाएको छ । यसअघि निम्बसकै व्यञ्जन तेलले नेपाल गुणस्तर प्रमाणपत्र पनि प्राप्त गरेको थियो ।
हाल कम्पनीले व्यञ्जन र सुनौलो किरण ब्रान्डमा खाने तेल उत्पादन गर्दै आएको छ । जसअन्तर्गत सूर्यमुखी, तोरी, भटमास तेल उत्पादन हुने जनाइएको छ । यस्तै प्रोबायोटेकले नै भटमासको मस्यौरा, आँटा, सुजी, दाल, मैदालगायतका उत्पादन पनि चाँडै नै बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ । हाल निम्बसका उत्पादन बिक्रीका लागि ४० जिल्लामा १ सय वितरक रहेको कम्पनीको दाबी छ ।
The post निम्बसको प्रोबायोटेक इन्डस्ट्रिजलाई आइएसओ appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2DTc7w1
No comments:
Post a Comment