प्रियंकापछि आयुष्मानले खोपे ‘आयांक’ नामको ट्याटु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

प्रियंकापछि आयुष्मानले खोपे ‘आयांक’ नामको ट्याटु

नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट भएपछि आफ्नो अर्धनमा ट्याटु बनाइन् । प्रियंका र आयुष्मानको नाम मिलाएर बनाइएको ‘आयांक’ नाममा उनले ट्याटु खोपेकी थिइन् ।

अब, नायक आयुष्मान देशराज जोशीले पनि ट्याटु खोपेका छन् । आयुष्मानले ‘आयांक’ नामको ट्याटु आफ्नो छाती भन्दा थोरै तल खोपेका छन् ।

मंगलबार आयोजना भएको एक कार्यक्रममा ट्याटु शो गर्दै गर्दा यी दुबै लजाए । चलचित्र ‘कथा काठमाण्डु’ हेरेर निस्कदै गर्दा एकले अर्काको कामको प्रशंसा गरेका उनीहरुले ट्याटु शो गरेका हुन् ।

चलचित्र क्षेत्रमा यी दुइको भेट धेरै पहिले भएपनि ‘कथा काठमाण्डु’बाट उनीहरु प्रेममा परेका हुन् । अर्को बर्ष उनीहरुले बिहे गर्ने बताएका छन् ।

तस्वीरः आर्यन बिमली



from Online Khabar https://ift.tt/2IABMsf

No comments:

Post a Comment

Post Bottom Ad

Pages