बदलिँदै छ जिन्दगी, अब शिशु हुर्काउन आमाबुबा चाहिँदैन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

बदलिँदै छ जिन्दगी, अब शिशु हुर्काउन आमाबुबा चाहिँदैन

भनिन्छ, एउटा बच्चा हुर्काउन पुरा गाउँ जुट्नुपर्छ । यसको अर्थ हो, आमाबुबाले आफ्नो बच्चा हुर्काउनको लागि धेरैको सहयोग लिन्छन् । तर, प्रविधि यति चलाख भयो भने तपाईंलाई अरुको सहयोगको आवश्यकता नै पर्दैन ।

भर्खर-भर्खरै आमाबुबा बनेका दम्पत्तीले आफ्नो निद्रा बलिदान गरेर यो खुसीको मुल्य चुकाउनु पर्छ । धर्तीमा भर्खरै अवतरित भएको जिन्दगीको हेरचाहका क्रममा राम्ररी निदाउँन पाइँदैन । किनभने सानो बच्चा जतिखेर पनि उठेर रुवावासी गर्न सक्छ । बच्चा हुर्काउने क्रममा आइपर्ने चुनौतिमध्ये यो पहिलो हो । कहिलेकाहीँ यसले बाबुआमाको मजबुत सम्बन्धमा पनि फाटो ल्याइदिन्छ । निद्रा नपुग्दा उनीहरुको स्वास्थ्यमा पनि नराम्रो असर गर्न सक्छ ।

तर, के एक्काइसौं शताब्दीमा यो सदियौं पुरानो यस समस्याको हल खोजिएको छ त ?

पक्कै पनि खोजिएको छ र यसको जवाफ हो ‘स्नू’ ।

के छन् यसका विशेषता ?

यो एक यस्तो ओछ्यान हो, जुन आँफै हल्लिन सक्छ । झोलुंगो चाहिँ होइन । यसले बच्चालाई हल्लाउँदै सुताउन सक्छ । प्रविधिको यो नयाँ प्राप्तिले नवजात शिशुका आमाबुबालाई आनन्दसँग सुत्न सहयोग मिल्ने छ ।

‘स्नू’को सबैभन्दा राम्रो पक्ष भनेको यसले बच्चालाई आमाको गर्भमै रहेको महसुस गराउँछ । आमाको कोखभित्र हुने तरंग र झिल्लीले घेरिएको महसुुस बच्चालाई गराउँछ ।

तर, प्रश्न यो उठ्न सक्छ के यसले आमाको स्पर्श महसुुस गराउँछ ?

जब बच्चा रोएको आवाज आउँछ, यो बिस्तराले थाहा पाउँछ र यसले आफ्नो डाटामा जडित सबैभन्दा शान्त स्वर र हिँडाउने डुलाउने विकल्पलाई रोजेर बच्चालाई शान्त गराउँछ ।

‘स्नू’ का निर्माताहरुको दाबीअनुसार यो गर्भ भित्रको परिवेशलाई समेटेको उपकरण हो । यसले बच्चाको निन्द्रा एकघन्टा भन्दा धेरै बढाउने उनीहरुको भनाई छ ।

बच्चालाई सुताउने कला

स्नूले बच्चालाई आराम पनि दिन्छ । यसमा सुत्ने एक अलग भाग हुन्छ, जुन विस्तरासँग जोडिएको छ । त्यसले बच्चालाई हल्लाउँछ र उनीहरुलाई पिठ्युँको बलमा आरामले सुताइराख्छ ।

अमेरिकन एकेडेमी अफ पेडियाटि्रक्सका अनुसार बच्चालाई पिठ्युँको बलमा मात्रै सुताउनु पर्छ । त्यस्तै बि्रटिश एनएचएससँग जोडिएको संस्थाले पनि यहि सल्लाह दिन्छ ।

बच्चा यदि घोप्टो परेर सुत्ने गर्छन् भने उनीहरु अचानक हुने मृत्यु अर्थात सडन इन्फेन्ट डेढ सिन्ड्रोमको शिकार हुने खतरा रहन्छ ।

अमेरिकामा हरेक वर्ष यो सिन्ड्रोमले ३५०० भन्दा धेरै बचचाहरुको मृत्यु भइरहेको छ ।

बदलिँदै छ जिन्दगी

स्नूलाई स्विस डिजाइनर येब्स बेहरले बनाएका हुन् । उनलाई आफ्नो आविष्कारमा धेरै गर्व छ । बेहर भन्छिन्, ‘स्नूले मानिसहरुको जिन्दगीलाई साँच्चै बदलिरहेको छ । यो प्रविधिमा मानव संवेदना पनि रहेको छ जुन आमा-बुबा दुवैको लागि वरदान हो ।’

बेहरका अनुसार यो धेरै चतुर डिजाइन हो । स्नूको डिजाइनमा यसको सेन्सर रोबोटिक अक्कल र माइक्रोफोन यसरी छोपिएको छ कि बाहिरबाट केही देखिँदैन । यसले बच्चालाई मुलायम र धुन सकिने कम्बलमा लपेटेर सुरक्षित राख्छ । देख्नमा पनि स्नू धेरै आकर्षक छ ।

स्नूका निर्माताले यसलाई पर्सनल असिस्टेन्ट भन्छन् । यसले चौबिसै घन्टा तपाईंको बच्चाको ख्याल राख्न सक्छ तर, यसको निगरानी आवश्यक छ ।

कुनै मेसिनरी सुसारेले तपाईंको बच्चामा लगातार निगरानी गर्ने र त्यसलाई सुताउने सोचाई अचम्मको छ तर, केही मानिसहरुलाई यसले समस्या पनि हुन सक्छ ।

मानवीय पक्ष

के प्रविधि मानविय पक्षको विकल्प बन्न सक्छ ? के स्नू आमा-बुबा जस्तै संवेदनशिल हुन सक्छ ?

लण्डनको भिक्टोरिया एण्ड अल्बर्ट म्युजियममा द फ्युचर स्टाटर्स हेयरको भागलाई हेरचाह गर्ने मारियाना पेस्ताना भन्छिन्, ‘स्नू एक शानदार आविष्कार हो तर यसले हामी आफ्नो बच्चाको हेरचाह गर्ने जिम्मा मेसिनलाई दिइरहेका छौं भन्ने कुराको दुख पनि देखाउँछ ।’

कति प्रभावकारी ?

बोल्न नजान्ने बच्चासँग आफ्नो कुरा व्यक्त गर्ने एक मात्रै तरिका हुन्छ, रुवाई । तर, बच्चाहरुको रुवाईका धेरै मतलब हुन सक्छन् । भोक लागेर पनि हुन सक्छ, आफ्नो डायपर बदल्न लागि पनि भनेका हुन सक्छन् । वा कुनै दुखाईका कारण ।

कैयौंपटक बच्चा तपाईंको ध्यान खिच्नको लागि मात्रै पनि रोइदिन्छन् । कोही बच्चा बिरामी भएको कारण वा डराएर रोएका हुन सक्छन् । भने, आमाबुबाले आफ्नो बच्चाको जिम्मेवारी कसरी मेसिनलाई सुम्पिन सक्छन् ?

स्नूले यी चुनौतीहरुको जवाफ पनि खोज्ने कोशिस गरेको छ । यदि बच्चा यो मेसिनी चारखुट्टेले सुताउने कोसिस गर्दा तीन मिनेटपछि पनि रोइरहन्छन् भने यो मेसिन रोकिन्छ ताकी बच्चालाई .मानविय संवेदना मिल्न सकोस ।

हामी वर्षौंदेखि प्रविधिको मद्धत लिँदै आएका छौं । बच्चाको लागि विभिन्न खेलौना झोलुंगो बनाइएका छन् । भिडियो मोनिटर सिस्टमले बच्चाको निगरानी पनि हुन्छ । धेरै जसोआमा बुबाहरुले यी प्रविधिको सहयोगलाई खुला दिलले स्वीकार गर्छन् ।

स्नूलाई नवजात बच्चाको हेरचाहमा ‘गेम चेन्जर’ भनिएको छ । प्रयोग गरेकाहरुले स्नूलाई धेरै उपयोगी चीज मानेका छन् ।

कैयौं कम्पनीहरुले स्नूलाई भखएर्। आमाबसज ाबनृका आफ्ना कर्मचारीहरुलाई उपहार दिएका छन् । अस्पतालहरुमा यसमाथि अध्ययन भइरहेको छ ।

अमेरिकाको केन्टकी युनिभर्सिटीले १५० वटा यस्ता चारखुट्टे स्नूलाई बच्चाहरुको लागि प्रयोग गरेको छ । यो प्रोजेक्टसँग जोडिएका लोरी शुक भन्छन्, ‘हामी आमाबुबालाई यो विस्तरा मन पर्‍यो, बच्चा धेरै आरामले यसमा सुत्न सक्छन् ।’

-बिबिसीबाट



from Online Khabar https://ift.tt/2xXIdRR

No comments:

Post a Comment

Post Bottom Ad

Pages