राजधानी समाचारदाता/काठमाडौं ।
अभिनेत्री शुभेच्छा थापाले अघिल्लो चलचित्र ‘बिन्दास–३’ मा निकै विवाद झेल्नुप¥यो । उमेरले ३० नाघिसकेकी अभिनेत्री शुभेच्छाले ग्लामरको नाममा बिन्दास ३ मा छाडा रोल गरेको आरोप खेप्नुप¥यो ।
त्यसपछि केही समय मिडियाबाट टाढा रहेकी यी अभिनेत्री यतिबेला फेरि नयाँ चलचित्र ‘निर्जला’ मार्फत दर्शकमाझ आउँदै छिन् । उनले राजधानीसँगको भेटमा सोमबार भनिन्, ‘बिन्दास ३ मा मैले मिडियाबाट धेरै प्रतिक्रिया खेप्नुप¥यो । त्यसैले, यसपटक निर्जलामा मौलिक नेपाली युवतीको भूमिका निर्वाह गरेकी छु र मिडियाले यसपटक मलाई बिगतको जस्तो विवादमा पर्ने छैन ।
राजु गिरी निर्देशित चलचित्र निर्जला दशैंको अबसर पारेर १९ असोजबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने भएको छ । यो चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन् ।
यसपटक बिबादमा नआउनुको कारणबारे प्रकाश पार्दै यी अभिनेत्रीले भनिन्,‘निर्जला भनेको गाउँको एउटा सोझी र सरल युवती हो । त्यो युवतीले भोग्नु परेका विभिन्न समस्यायुक्त कथामा यो चलचित्र केन्द्रित छ ।’ त्यसैले गुन्यु चोलीमा सजिएर हिड्ने गाउँकी सोझी युवती निर्जलाको भूमिका आफुले निर्वाह गरेको पनि उनले प्रस्ट पारिन् ।
यो चलचित्रको गत साता रिलिज गरिएको आयो दशैं…गीत अहिले चर्चामा छ । दशैं नजिकिँदै गर्दा निर्जलाको गीत जताततै बज्न थालेकाले यो गीतको भिडियोमा आफुहरुको नृत्य रहेको र भिडियोलाई दर्शकले रुचाएको पनि यी अभिनेत्रीले बताईन् ।
निर्जलामा अभिनेत्रीको जोडीको रुपमा किशोर खतिवडा छन् । किशोर र आफ्नो जोडी चलचित्रमा साह्रै सुहाएको पनि उनले बताएकी छिन् । बिगतमा आफुले निर्माण गरेको चलचित्र मिस नेपाल जस्तै निर्जला पनि नारी प्रधान चलचित्र रहेको उनले प्रकाश पारिन् ।
‘समाजमा अहिले नारी हिंसा खुबै बढेको छ । नारीले भोग्नु परेको हिंसा सहित विभिन्न समस्यालाई निर्जलामा हामीले उठाएका छौं ।’ सोही कारण पनि अहिलेको समसामयिक कथामा निर्मित निर्जला चल्ने विश्वास आफुले लिएको यी अभिनेत्रीको भनाई छ ।
from Rajdhani Daily https://ift.tt/2zKkR3A

No comments:
Post a Comment