ज्येष्ठ नागरिकलाई सम्मान - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 2, 2018

ज्येष्ठ नागरिकलाई सम्मान

राजधानी संवाददाता/बागलुङ ।

बागलुङका २८ जना ज्येष्ठ नागरिकलाई सोमबार सम्मान गरिएको छ । २८औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बागलुङ नगरपालिकाले २८ जना ज्येष्ठ नागरिक, विभिन्न क्षेत्रमा योग्दान पु¥याउने १२ जनासहित ४२ जनालाई नगद ५ हजारसहित सम्मान गरिएको हो ।

बानपाको प्रत्येक वडाबाट एक महिला र एक पुरुष ज्येष्ठ नागरिक गरी दुई जनालाई सम्मान गरेको प्रमुख जनकराज पौडेलले जानकारी दिए । बानपामा १४ वटा वडा रहेका छन् ।

नगरपालिकाले शिक्षा क्षेत्रमा योगदान पु¥याउने कृष्ण मैया अधिकारी, समाजसेवी  देवबहादुर श्रेष्ठ, कला तथा साहित्यकार काजी रोशन, मुस्लिम अगुवा मुहमद हुसेन, कुमाल अगुवा लक्ष्मण कुमाल, दलित अधिकारर्मी नरे दमाई, जनजाति अगुवा पृथ्वीलाल थापा, खस आर्य समुदायबाट खिमबहादुर खड्का, धार्मिक क्षेत्रबाट स्वामी रमेशानन्द केशरी, पूर्वकर्मचारी बुद्धिराज शर्मा, पुराना राजनीतिकर्मी टिकाराम सापकोटा र असल बुहारीबाट  रत्न श्रेष्ठ र बबिता ओझालाई सम्मान गरिएको थियो ।

सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पहुँच पु¥याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाइन्छ ।

२०६८ सालको जनगणनाअनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत अर्थात् २५ लाख बढी ज्येष्ठ नागरिकहरु रहेका छन् । प्रत्येक १० वर्षमा गरिने गणनाको तथ्यांकअनुसार वृद्धवृद्धाको संख्यामा वृद्धि भएको छ ।

सम्मानसँगै न्यानो कपडा

भोजपुर÷रास– भोजपुरमा ज्येष्ठ नागरिकलाई सम्मानसँगै न्यानो कपडा वितरण गरिएको छ । २८औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

भोजपुर सदरमुकाममा आठ जनालाई सम्मान गरिएको छ भने जिल्लाकै टेम्केमैयुङ गाउँपालिका–३ मा ९० वर्षमाथिका चार जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा  वितरण गरिएको छ । दिवसका अवसरमा सदरमुकाममा मौन जुलुससमेत निकालिएको थियो । कार्यक्रममा बोल्दै भोजपुर ज्येष्ठ नागरिक संघका अध्यक्ष श्यामकुमार खड्काले आयस्रोत नहुँदा ज्येष्ठ नागरिक लक्षित काम गर्न नसकेको बताउँदै भोजपुर नगरपालिकासँगै अन्य स्थानीयलाई सहयोग गर्न आग्रह गरे ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2P5pni7

No comments:

Post a Comment

Post Bottom Ad

Pages