सन नेपाल लाइफको बिमा जागरण अभियान - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 2, 2018

सन नेपाल लाइफको बिमा जागरण अभियान

काठमाडौं÷रास– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिकोत्सवका अवसरमा फिदिमको वीरेन्द्रचोकमा बिमा जागरण अभियान सम्पन्न गरेको छ ।

कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको अध्यक्षता तथा ब्रान्ड एम्बेसडर एवंं सामाजिक अभियन्ता सीताराम कट्टेल  र कुञ्जना घिमिरेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । विशेष अथितिद्वय फुङलिङ नगरपालिकाका नगरप्रमुख छत्रपति प्याकुरेल र उपप्रमुख बमबहादुर भट्टराई पनि कार्यक्रममा उपस्थित रहेका थिए ।

त्यसैगरी, फिक्कलमा सूर्योदय नगरपालिकाको भवनमा आयोजित बिमा जागरण कार्यक्रममा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष र स्थानीय समाजसेवीको उपस्थिति रहेको थियो । जनसहभागिता रहेको उक्त कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतमले जीवन बिमाको महŒवबारे प्रकाश पारेका थिए । सोही कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडर एवंं सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस)  र कुञ्जना घिमिरे (सुन्तली) ले बिमा जागरण अभियानको महŒवबारे प्रकाश पारेको पनि विज्ञप्तिमा उल्लेख छ ।



from Rajdhani Daily https://ift.tt/2DP0GFM

No comments:

Post a Comment

Post Bottom Ad

Pages