राजधानी समाचारदाता
काठमाडौं, १६ असोज
रुपन्देहीका डुबेर तीन जनाको मृत्यु भएको छ । तिनाउ खोला र रोहनी नदीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।
तिनाउ खोलामा दुबेर मृत्यु हुनेमा भारत उत्तर प्रदेशका प्रशान्त शुक्ला छन् । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो ।
यसैगरी, देवदह नगरपालिका–३, हात्तिडाँडा स्थित रोहणी नदीमा पौडी खेल्ने क्रममा १४ वर्षीया सुनिता श्रीसको डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार उनी स्थानीय किशोरी हुन् ।
उता रुपन्देहीकै सुुद्धोधन गाउँपालिका –१ का २७ वर्षीय मनिराम चौधरीको पनि नालीमा डुबेर मृत्यु हुने भएको छ ।
from Rajdhani Daily https://ift.tt/2NWqMel

No comments:
Post a Comment