मधुजंग पाण्डे/काठमाडौ।
एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सोमबारबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ । श्रमग्राम ताहाचलमा विशेष कार्यक्रमगरि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह सचिव कृष्ण ज्ञवालीले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको औपचारिक उद्घाटन गरेका हुन । सोमबार आयोजित उद्घाटन कार्यक्रममा मन्त्रालयका सूचना प्राविधक शाखाका अधिकृत राजु श्रेष्ठले यस नयाँ प्रणालीले के कसरि काम गर्छ भन्ने विस्तृत जानकारी गराएका थिए ।
वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिपकुमार चापागाई, मन्त्रालयका उपसचिव दिपक ढकाल, श्रम कार्यालय ताहाचलका प्रमुख युवराज खतिवडा, कन्सुलर विभाग तथा राहादानी विभागका अधिकारीको समेत उपस्थिती रहेको थियो । गत २५ भदौमा पहिलोपटक जानकारी गराईएको सयम तालिका अनुरुप यस एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सोमबारबाट पूर्ण रुपमा सञ्चालनमा ल्याईएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह सचिव कृष्ण ज्ञवालीले वैदेशिक रोजगारी सम्बन्धी सबै सूचना सहज, सुलभ र छरितो ढंगले गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले मोवाइल एप्स मार्फत एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली पूर्ण रुपमा सञ्चालनमा ल्याईएको बताए । यस प्रणालीमा वैदेशिक रोजगारीसँग सम्बन्धित कार्यमा वहुनिकायको संलग्नता र आवद्धताको व्यवस्था गरिएको छ । यसैगरि, राजदुतावासहरुले मागपत्र जाँचबुझका सम्बन्धमा निर्वाह गर्नुपर्ने भूमिकालाई सहज तुल्याउनेगरि यस प्रणालीमा राजदुतावास उप–प्रणाली थप गरिनुकासाथै अध्यागमन विभाग¸ राहदानी विभाग र कन्सुलर सेवा विभागबाट आवश्यकता अनुसारको विवरण प्राप्त गर्न सकिने सुविधा सहित अद्यावधिक गरिएको उनले जानकारी दिए ।
उनले यो प्रणाली सञ्चालनमा आएपछि वैदेशिक रोजगार विभाग¸ वैदेशिक रोजगार व्यवसायी¸ अभिमुखीकरण तालिम प्रदायक संस्था¸ स्वास्थ्य परीक्षण गर्ने संस्था¸ बैंक तथा वीमा कम्पनी एवं सीपमूलक तालिम प्रदायक संस्थाहरुको कार्यप्रणाली पनि थप प्रभावकारी हुनुकासाथै वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण सूचनाको सहज पहुँच र प्राप्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
उनले यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत २५ भदौमा पत्रकार सम्मेलनगरी १५ असोजभित्र यस प्रणालीलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने जानकारी गराए अनुसार नै यस नयाँ प्रणाली पूर्ण रुपमा सञ्चालनमा ल्याइएको बताए ।
यो प्रणाली पूर्ण कार्यान्वयनले अब आप्रवासी कामदारले अनलाइनबाट नै श्रम स्वीकृतिको फाराम भर्न र पेश गर्न सक्ने, श्रम स्वीकृतिका चरणहरुको प्रगतिस्थिति अनलाइनबाट नै जानकारी पाउन सक्ने छन । यसैगरि, आफनो श्रम स्वीकृति भए नभएको तथा पूर्व स्वीकृतिको विवरण मोबाइल एप्सबाटै जानकारी लिन सक्ने छन
यो प्रणाली पूर्ण रुपले सञ्चालनमा आएपछि राजदुतावासहरुले पनि य प्रणालीको प्रयोग गरी गन्तव्य मुलुकका रोजगारदाताहरुबाट प्राप्त हुने मागपत्रको विवरण प्रविष्टिगरी जाँचबुझ गर्न सक्ने जानकारी गराउँदै उनले यसबाट नक्कली मागपत्र ल्याई नेपाली कामदारलाई विदेश पु¥याएर अलपत्र पार्ने र ठगी गर्ने कार्यमा समेत निरुत्साहित हुने अपेक्षा गरिएको बताए । यस प्रणाली मार्फत गन्तव्य देशका रोजगारदाताको वास्तविक र पूर्ण विवरण प्रविष्टि हुने भएकाले तोकिए बमोजिमको सेवा सुविधा नदिने रोजगारदातालाई कालोसूचीमा राख्न समेत सहज हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले राजदुतावासमा विवरण प्रविष्टि र रुजु गर्ने कामकालागि दुई जना कर्मचारीलाई यो प्रणाली सञ्चालनमा जिम्मेवार बनाउने व्यवस्था समेत गरिएको छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेश जाने नेपाली कामदारको मात्र तथ्याङक रहने गरेको तर स्वदेश फर्किने कामदारहरुको विवरण उपलब्ध नहुने गरेको वर्तमान अवस्थाको अन्त्य गर्नका निम्ति अध्यागमन विभागको अनलाइन प्रणालीसँग यो प्रणालीलाई लिंकगरी वैदेशिक रोजगारीबाट फर्किने कामदारहरुको विवरण समेत सहज रुपमा प्राप्त गर्न सकिने व्यवस्था मिलाईएको छ । यसबाट विदेशी भूमिमा कति नेपाली काम गरिरहेका छन् भन्ने विवरण समेत सहज रुपमा प्राप्त गर्न सकिने मन्त्रालयको दावी छ ।
यसैगरि, श्रम स्वीकृति प्राप्त कामदार नेपालमै रहे नरहेको विवरण प्राप्त गर्न, विभिन्न नीति तथा कार्यक्रमहरुको तर्जुमाका निम्ति आवश्यक तथ्याङक तथा सूचनासंकलन गर्न र कामदारहरुको सम्पूर्ण विवरण सहितको प्रतिवेदन तयार पार्ने कार्यमासमेत यो प्रणालीबाट सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरि, श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियामा हुन सक्ने लापरवाही र नक्कली कागजात बनाई ठगी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न राहदानी विभागको प्रणालीसँग पनि लिँक गरिएको छ । राहदानी विभागको प्रणालीमा रहेको विवरण पनि यस प्रणालीले स्वतः प्राप्त गर्ने हुँदा श्रम स्वीकृति जारी गर्दा कामदारको विवरण फरक नपर्ने,राहदानी नम्बरलाई आधार बनाएर श्रम स्वीकृति प्रदान गर्दा श्रम स्वीकृतिको प्रक्रिया सहज हुने र श्रम स्वीकृति प्रदान गर्ने कार्यलाई त्रुटिरहित बनाउन समेत यस प्रणाली निकै उपलब्धीमुलक र फलदायी हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।
कन्सुलर सेवा विभागसँग यो प्रणालीको आवद्धताले दुई वटा विभागहरुवीच हुने सूचनाको आदान प्रदानद्वारा कार्यक्षमतामा वृद्धि हुने, काममा दोहोरोपना नआउने, कामदारहरुको उद्धार र राहत वितरणमा समेत सहजता आउनुकासाथै राहत तथा उद्धारका चरणहरुबारेमा छिटो र यथार्थपरक जानकारी प्राप्त गर्न पनि यो प्रणाली सहज हुने अपेक्षा गरिएको भन्दै उनले यस प्रणालीको अद्यावधिक गरिएसँगै वैदेशिक रोजगारीसँग सम्बन्धित सबै सूचना सहज तरिकाले प्रदान गर्ने उद्देश्यकासाथ ‘वैदेशिक रोजगारी’ नामको मोवाइल एप्लिकेशन समेत सञ्चालनमा ल्याइएको बताए ।
यो प्रणाली पूर्ण कार्यान्वयन पछि अब आप्रवासी कामदारले अनलाइनबाट नै श्रम स्वीकृतिको फाराम भर्न र पेश गर्न सक्ने, श्रम स्वीकृतिका चरणहरुको प्रगतिस्थिति अनलाइनबाट नै जानकारी पाउन सक्ने छन । यसैगरि, आफनो श्रम स्वीकृति भए नभएको तथा पूर्व स्वीकृतिको विवरण मोबाइल एप्सबाटै जानकारी लिन सक्ने तथा विभागमा दर्ता भएका उजुरीहरुको अवस्थाका बारे पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा गएका कामदारको फोटो र बायोमेट्रिक सहितको विस्तृत विवरण रहने यस प्रणालीमा वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण गुनासा र उजुरीहरुको पनि विद्युतीय अभिलेख रहने छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम कक्षमा श्रम स्टिकर र बायोमेट्रिक विवरण रुजु गर्न एवं श्रम स्वीकृति प्रदान गर्ने कार्यमा संलग्न सम्पूर्ण कर्मचारीको कार्यसम्पादनको विवरण विद्युतीय रुपमा राख्न समेत यस प्रणालीले मद्दत पु¥याउने अपेक्षा मन्त्रालयले लिएको छ । यस प्रणाली पूर्ण रुपले सञ्चालनमा आएकाले अब वैदेशिक रोजगारीका नाममा भएका सबै विकृतिहरु स्वतः हट्ने सो मन्त्रालयको दावी छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीलाई एकीकृत गन श्रम मन्त्रालयले अन्य सम्बन्धीत मन्त्रालयहरुसँगको सहकार्यमा यस प्रणालीलाई एकीकृत गर्ने प्रयास गरेको हो ।
from Rajdhani Daily https://ift.tt/2DMAUBP
No comments:
Post a Comment