काठमाडौं÷रास– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखराको पृथ्वीचोकमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका ब्रान्ड एम्बेसडरद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले गण्डकी प्रदेशका मन्त्री नरदेवी पुन मगरको प्रमुख आतिथ्यमा शाखा उद्घाटन गरे ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले हालसम्म गरेको उपलब्धि र भावी कार्ययोजनाअनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यकताअनुरूपको नवीनतम योजना ल्याएर कम्पनीलाई सेवामुखी बनाउनेमा जोड दिए ।
कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबि फुयाँलले बिमा बजारको सम्भाव्यता र कम्पनीको योजनाबारेमा जानकारी गराएको पनि विज्ञप्तिमा उल्लेख छ ।
शाखा कार्यालय सञ्चालनपश्चात् जनमानसमा बिमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, अग्रिम भुक्तानी तथा आजीवन बिमाको सुविधा समेटिएकोे सिटिजन जीवन सारथी बिमा योजना बजारमा ल्याइसकेको छ ।
कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाबाट आफ्ना ग्राहकलाई जीवन बिमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । कम्पनीले बिमा जागरण अभियानअन्तर्गत विद्यार्थीसँग बिमा नामक अभियान देशव्यापी रूपमा चलाउँदै आएको पनि जनाएको छ ।
from Rajdhani Daily https://ift.tt/2NYGKog
No comments:
Post a Comment