रासस/काठमाडौं।
सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ ।
सरकारले पटकपटक तोक्ने गरेको भाडादर सवारीसाधनका परिचालकले अझै लागू गराउँदैनन् । विभागले गत ७ असोजमा सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । त्यसपछि चार किमिसम्मको भाडा तोकिएको छ ।
पाँच किमिसम्म १६, ६ किमिसम्म १७, आठ किमिसम्म १८, १० २१, १३ २३, १६ २५, १९ किमिसम्म २६ र १९ किमिभन्दामाथि २७ भाडा निर्धारण गरिएको छ ।
विभागले उपत्यका र स्थानीय ‘रुट’ मा यो भाडादर निर्धारण गरी लागू गरेको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिए । तोकिएको भाडादरभन्दा बढी भाडा लिनेलाई अनुगमन गरी कारबाही गरिने उनले जानकारी दिए ।
‘अनुगमनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र उपभोक्तावादी संघ संस्थाका प्रतिनिधि रहेको समूह परिचालन गरिनेछ,’ प्रवक्ता उपाध्यायले भने, ‘अनुगमनका क्रममा बढी भाडा लिएको पाइएमा कानुनबमोजिम कारबाही हुनेछ ।’
तोकेभन्दा एक मात्र बढी भाडा लिए पनि ५ हजार कारबाही गरिने विभागले जनाएको छ । सार्वजनिक यातायात सुधार अभियानमा लागेका रामबहादुर थापा विभागले बढी भाडा लिनेविरुद्ध निस्सासहित उजुरी गर्ने व्यवस्था गरेको र सार्वजनिक यातायातमा टिकट नदिने भएकाले कारबाहीको कुरा ‘हात्तीको देखाउने दाँत’ मात्र हुने उपाध्याय बताउ“छन् ।
‘विभागका कर्मचारी यातायात व्यवसायीको प्रभावमा परी भाडा बढाउन मात्र लाग्छन्, सवारी तथा यातायात व्यवस्था ऐन एवं नियमावलीमा भएको प्रावधानअनुसार टिकट दिनुपर्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गराउन ध्यान दिँदैनन्,’ उनले भने, ‘विभाग यात्रुभन्दा व्यवसायीका पक्षमा काम गर्छन्, परिचालकलाई अनुमतिपत्र एवं परिचयपत्र दिनेतर्फ पनि विभागको ध्यान जान सकेको छैन ।’
विभाग प्रवक्ता उपाध्याय भने परिचालकले टिकट नदिए पनि सवारी नम्बरसहित विभागको फ्याक्स नम्बरसहित ४४७४९२२, फोन ४४७९६९० उजुरी गर्न सकिने बताउ“छन् ।
यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हेलो सरकार कक्षको टोल फ्री ११११ फोन सम्पर्क र सन्देश पठाएर पनि उजुरी गर्न सकिनेछ ।
कार्यालयकै फ्याक्स ११०० मा सवारी नम्बरसहितको विवरणको उजुरी गर्न सकिनेछ ।त्यस्तै, ७७ वटै जिल्ला प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालयमा समेत उजुरी गर्न सकिने विभागले जनाएको छ ।
प्रहरीको टोल फ्री १०१ र १०३ मा पनि बढी भाडा लिएको, दसैंमा अग्रिम टिकट बुकिङमा कालाबजारी, बढी भाडा लिएको उजुरी मौखिक वा लिखित रूपमा गर्न सकिने जनाइएको छ ।
यसैगरी, नजिकको यातायात व्यवस्था कार्यालयमा यससम्बन्धी उजुरी गर्न सकिन्छ ।यसैबीच, नेपाल मेडिकल कलेजबाट गौशाला हुँदै पुरानो बसपार्कतर्फ आइरहेको बा१ज ५७६२ नम्बरको माइक्रोबसले यात्रु गिरेन्द्रप्रसाद शर्मासँग सोमबार बिहान बढी भाडा लियो ।
विभागको वेभसाइटमा उल्लेख सूचना शर्माले ट्राफिक प्रहरीको १०३ मा फोन गरे । फोन उठाएका विशाल खत्रीले रुखो स्वरमा कुरा गरी उजुरी दिन हतोत्साहित गरेको उनले गुनासो गरे ।
‘विभागको वेभसाइटमा राखिएको सूचनाअनुसार चार किमिसम्मको भाडा १४ रुपैयाँ हो, गौशालामा म चढें, कमलपोखरी आइपुगेपछि परिचालकले भाडा मागे, मैले १४ रुपैयाँ दिएँ, भाडा १८ रुपैयाँ हो भन्दै दुव्र्यवहार गरे,’ उनले भने, ‘सार्वजनिक यातायातमा हुने ठगीको यो त प्रतिनिधि घटना मात्र हो । यस्ता घटना दैनिक हजारौं हुन्छन् ।’
भाडा बढाउन अग्रसर हुने विभागले सवारी तथा यातायात व्यवस्था ऐन एवं नियमावलीमा गरिएको व्यवस्थाबमोजिम टिकट दिनुपर्ने प्रावधानलाई भने कार्यान्वयन नगराएको यात्रुको गुनासो छ ।
गुनासो सम्बोधन गर्न विभागले सरोकार भएका निकायको संलग्नतामा १२ वटा अनुगमन समूह र उपत्यकाका विभिन्न स्थानमा १३ वटा नागरिक सहायता कक्ष स्थापना गरेको छ । यसका लागि उपत्यकामा छ वटै यातायात व्यवस्था कार्यालयका अधिकारीलाई खटाइएको जनाइएको छ ।
विद्यार्थी, वृद्धवृद्धा, अपांगलगायतको सहुलियत परिचालकले नदिए पनि उजुरी गर्न सार्वजनिक रूपमा आह्वान गरिएको छ । विभागले यसपछिको भाडा समायोजन भने इन्धनको मूल्यमा पाँच रुपैयाँले घटबढ भएपछि गर्ने जनाएको छ । यसअघि सरकारले २०७२ माघ २४ गते लागू गरेको भाडादर पनि लागू भएको थिएन ।
from Rajdhani Daily https://ift.tt/2DMjOUT
No comments:
Post a Comment