मन्ट्रियल/एजेन्सी– वातावरणका क्षेत्रमा क्रियाशील ग्रिनपिस र सिएरा क्लबलगायतका संस्थाले अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता (यूएसएमसीए) मा वातावरणीय मुद्दामा कमजोर प्रावधान राखिएको भन्दै आलोचना गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो सम्झौताले उत्तर अमेरिकालाई पुनः ‘औद्योगिक उत्पादनमा महाशक्ति’ बनाउने र त्यसले अमेरिकी आर्थिक वृद्धि हुने घोषणा गरेका थिए । यो सम्झौताले करिब २० वर्षअघिको उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई प्रतिस्थापन गर्नेछ ।
क्यानडाको ओटावामा पत्रकार सम्मेलन गर्दै क्यानडाकी विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले व्यापार सम्झौतामा हावाको गुणस्तरमा ध्यान दिनेगरी नयाँ वातावरण अध्याय राखिएको बताइन् । उनले भनिन्, ‘अहिले राखिएका वातावरणीय प्रावधान विगतका भन्दा बलिया छन् ।’
आलोचकले झन्डै १२ खर्ब डलरको यो व्यापार सम्झौताले विश्वको वातावरण र जनसंख्यालाई समानुपातिक रूपमा समेट्ने बताएका छन् । सामाजिक पक्षमा बढी वकालत गर्ने क्यानेडाली परिषद्ले सम्झौतामा जलवायु परिवर्तनलाई नराखिएकोमा दुःख व्यक्त गरेको छ ।
नाफ्टामा रहेको गलत नियमलाई अहिलेको सम्झौतामा पनि राखिएको र खनिज तेल उद्योगको वृद्धिलाई स्वागत गरिएको ग्रिनपिसका तर्फबाट वक्तव्यमा चार्ली क्रेले उल्लेख गरेका छन् । नयाँ सम्झौतामा जलवायु परिवर्तनलाई समावेश नगर्नु मात्र नभई जलवायु संकटमा समूहले गरेका कार्यमा पनि प्रश्न उठाइएको सिएरा क्लबले जनाएको छ ।
ट्रम्पको नेतृत्वमा रहेको अमेरिका यसअघि नै पेरिस जलवायु सम्झौताबाट अलग भइसकेको छ । यो सम्झौताले दुई डिग्री सेल्सियसले विश्वको तापक्रमलाई घटाउने लक्ष्य राखेको छ ।
आलोचकले जेसुकै भने पनि सम्झौतामा केही राम्रा कुराहरु राखिएको छ । पुरानो नाफ्टा सम्झौतामा वातावरणसम्बन्धी अलग अध्याय राखिएको थिएन । नयाँ सम्झौतामा समुद्रको प्लास्टिक प्रदूषणलाई विशेष रूपमा महŒव दिइएको छ किनभने समुद्रको प्रदूषणमा प्लास्टिकले सबैभन्दा ठूलो चुनौती खडा गरेको छ ।
from Rajdhani Daily https://ift.tt/2Rn8NMy

No comments:
Post a Comment