राजधानी समाचारदाता/काठमाडौं।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले मधेसका समस्या समाधान गर्न मधेसवादी दल नचाहिने बताएका छन् ।
नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पौडेलले मधेसको समस्या नेकपाले समाधान गर्ने दाबी गरे ।
मधेसवादी दलले मधेसको समस्या समाधान नगरी सत्ताको दौडमा रहेकाले सोझा मधेसीहरुले समस्या झेल्नुपरेको उनले बताए । नेकपा नेतृत्वको सरकारले मधेसको समस्या समाधान गर्ने बताउँदै उनले पिछडिएका जनताको विकासका लागि पार्टीले योजनाबद्ध तरिकाले अगाडि बढ्ने बताए ।
राष्ट्रिय जनता दल नेपाल र पिछडावर्ग (ओबीसी) महासंघका सम्पूर्ण नेता कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै मधेसको समस्या समाधन गरिने उनले बताए । महासचिव पौडेल, संसदीय दलका कार्यवाहक नेता सुबास नेम्वाङ, स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डललगायतका नेताले अबिर तथा खादा लगाएर उनीहरुलाई पार्टी प्रवेश गराए ।
मधेसका पिछडावर्ग, गरिब, जातीय विभेदमा परेका जनताको आर्थिक, समाजिक, राजनीतिक विकासका लागि नेकपाले महŒवपूर्ण काम गर्ने महासचिव पौडेलले बताए । नवप्रवेशी नेताहरुलाई योग्यता, क्षमताअनुसार पार्टीमा जिम्मेवारी दिइने उनले बताए ।
पार्टी प्रवेश गराउनका लागि नेकपाका नेता एवं पिछडावर्ग महासंघका संस्थापक अध्यक्ष, पूर्वउद्योग राज्यमन्त्री मेघराज निषाधले पहल गरेका हुन् । निषाधकै सक्रियतामा जनता दल र पिछडावर्गका सम्पूर्ण नेता नेकपामा प्रवेश गरेका हुन् । समत पार्टीका अध्यक्ष रहेका निषाध यसअघि नै नेकपामा प्रवेश गरिसकेका हुन् ।
जनता दलका अध्यक्ष भरतप्रसाद महतोसहित पार्टीका केन्द्रीय सदस्यहरु, मधेसका २० जिल्लाका सम्पूर्ण नेता, कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको मनाई महतोले बताए । मधेसको समस्या समाधान एवं पिछडावर्गको विकासका लागि नेकपाले नै गर्ने विश्वास उनले व्यक्त गरे ।
from Rajdhani Daily https://ift.tt/2DVtjkm
No comments:
Post a Comment