त्रिदेशीय लिङ्करोड जोगवनी–किमाथाङ्का जोडिन २३ किलोमिटर बाँकी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 2, 2018

त्रिदेशीय लिङ्करोड जोगवनी–किमाथाङ्का जोडिन २३ किलोमिटर बाँकी

राजधानी संवाददाता/संखुवासभा ।

जिल्लामा पर्ने प्रदेश नं. १ को मुख्य व्यापारिक मार्गको रुपमा हेरिएको त्रिदेशीय लिङ्क रोड जोगवनी–किमाथाङ्का सडक यसै आर्थिक वर्षमा जोडिने भएको छ ।

किमाथाङ्का–जोगवनी जोडिन २३ किलोमिटर मात्र बाँकी रहेको उत्तर–दक्षिण सडक डिभिजन कार्यालय संखुवासभाले जनाएको छ ।

उत्तरदक्षिण कोसी सडक आयोजनाले किमाथाङ्का–हटिया र खाँदबारी–हटिया दुईतिरबाट सडक खनिरहेको छ । सिन्धुपाल्चोकबाट डोजर र इन्धन तिब्बत हुँदै ल्याएर किमाथाङ्कातिरबाट १४ किमि सडक निर्माण भइसकेको छ । बेला बेलामा स्थानीयवासीको विवादका कारण निर्माण कार्य रोकिने गरेको छ भने बाँकी निर्माण क्षेत्रमा काम धमाधम भइरहेको छ । बिराटनगरबाट किमाथाङ्कासम्मको दूरी ३९० किमि छ ।

सदरमुकाम खाँदबारी र हटियाबाट खनिएको सडक खण्डमा नियमित काम भइरहेको यसै वर्षभित्र किमाथाङ्का–जोगवनी जोडिने आयोजना प्रमुख पशुपति ज्ञवालीले बताए । कसैले विरोध र अवरोध नगरे अझ तीव्र गतिमा काम अगाडि बढाउने बताए । सडक निर्माण भइसकेका स्थानमा हिउँदका बेला वरुण दोभानसम्म साना सवारी साधन र ट्रयाक्टर चलिरहेको छन् । पहिले तीन दिन लगाएर खाँदबारी पुग्ने भोटखोलावासीहरू अहिले गाडीमा १२ घण्टामै पुग्ने गरेका छन् । उत्तर–दक्षिण सडकको ट्रयाक खन्न खण्ड खण्ड ठेक्का लगाइएको छ ।  समयमै काम सकिए किमाथाङ्का चीनसँग जोडिने अन्य ६ वटा नाकाभन्दा सहज हुनेछ भने यो नाका बाह्रै महिना  सञ्चालन गर्न सकिने प्रमुख ज्ञवालीले बताए ।

खाँदबारी–किमाथाङ्का १६२ किमि ट्रयाक निर्माणको काम सम्पन्न गर्ने जिम्मेवारी पाएको उत्तर–दक्षिण कोसी सडकले पाएको छ । अहिले उत्तर–दक्षिण कोसी सडक आयोजनाले किमाथाङ्का–हटिया र खाँदबारी–हटिया गरी दुई तर्फबाट निर्माण गरिरहेको छ । यो खण्डको दूरी १४ किमि छ । खाँदबारीबाट खनिएको सडक पनि चेपुवासम्म पुगेको छ । त्यहाँसम्म ७८ किमि सडक निर्माण भएको हो । आयोजनाले हटियाबाट हाङदाक खोलासम्म २१ किलोमिटरको काम पनि गरिरहेको छ । यो रुटमा १० किमि निर्माण भइसकेको आयोजनाले जनाएको छ । किमाथाङ्काबाट छुमसुरतर्फ पनि ढुंगे गोप्तासम्म १४ किमि कच्ची सडक निर्माण भइसकेको छ । अब २३ किमि खन्न बाँकी छ । यो खण्ड पूरा भएपछि किमाथाङ्का–बिराटनगर सडक जोडिन्छ । २०७० सालमा निर्माण कार्य त्रीदेशीय लिंक रोड (भारत, नेपाल र चीन) निर्माण गर्ने यस आर्थिक बर्षका लागी केन्द्रिय सरकारबाट ४७ करोड विनियोजन गरिएको छ ।

 



from Rajdhani Daily https://ift.tt/2NTS8Sx

No comments:

Post a Comment

Post Bottom Ad

Pages