महिन्द्रा वर्कसपमा आधुनिक सेवा विस्तार - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 2, 2018

महिन्द्रा वर्कसपमा आधुनिक सेवा विस्तार

काठमाडौं÷रास– महिन्द्रा एन्ड महिन्द्राले आफ्नो वर्कसपमा आधुनिक सेवा विस्तार गरेको छ । २० दशमलव ७ हजार करोड डलरको महिन्द्रा एन्ड महिन्द्रा गु्रपअन्तर्गतको कम्पनी हो । यसमा कम्पनीको एससीभी गाडीको वर्कसप चैतन्य कागल्कर र विवेक दुगडले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

यस वर्कसपबाट ग्राहकलाई उत्कृष्ट सर्भिस प्रदान गरिने पनि महिन्द्राले जनाएको छ । दुगड ब्रदर्स एन्ड सन्स प्रालिले महिन्द्रासँगको सहकार्यमा ग्राहकलाई समृद्ध बनाउने उत्पादन र सेवाहरू प्रदान गर्दै आएको छ । २ सय वर्गफिटको यस वर्कसपमा पाँचवटा आधुनिक सर्भिस वे र औजारहरू उपलब्ध छन् । यस वर्कसपमा एक्सप्रेस वेका साथै कस्टुमर लगेज पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । दुगड ब्रदर्स एन्ड सन्स प्रालि महिन्द्राको दूरदर्शी सहयात्री हो । अहिलेसम्म कम्पनीले २० वटा सेल्स र २८ वटा सर्भिस सेन्टर विस्तार गरिसकेको पनि जनाएको छ ।

 



from Rajdhani Daily https://ift.tt/2DNxu1S

No comments:

Post a Comment

Post Bottom Ad

Pages