सुजीतकुमार झा, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अंचल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टा भित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिएका छन् ।
अस्पताल सम्बन्धमा विभिन्न गुनासोहरु आउन थालेपछि आकस्मिक निरिक्षण गर्न पुगेका मुख्यमन्त्री राउत सहितको टोलीले निरिक्षण गर्दै अस्पतालको दरवन्दी, हाल कार्यरत चिकित्सक तथा कर्मचारीहरुको विवरण सहितको विवरण २४ घण्टा भित्र उपलब्ध गराउन निर्देशन दिएका हुन् । आकस्मिक निरिक्षणको क्रममा दर्जनो कर्मचारी अनुपस्थित भएका थिए ।
मुख्यमन्त्री राउतले अस्पताल विकास समिति विघटन भई अंञ्चल अस्पताल प्रदेश सरकार मातहत आइ सकेको अवस्थामा कर्मचारी र अस्पताल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको रहेको बताए ।
उनले विकास समितिमा लामो समय देखी कार्यगर्दै आएका कर्मचारीलाई व्यवस्थापन गर्ने दायित्व अव प्रदेश सरकारको रहेको उल्लेख गर्दै विकास समितिको नाममा भएको अनियमित भर्नालाई स्वीकार्य गर्न नसकिने समेत बताए ।
जनकपुर अंचल अस्पताललाई प्रदेशको केन्द्रिय अस्पतालमा मात्र नभई शिक्षण अस्पतालकै रुपमा विकास गर्ने प्रदेश सरकारको रहेको उनको भनाई थियो ।
निरीक्षण टोलीमा समाजिक मन्त्री नवल किशोर साह , मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका निमित मुख्य सचिव हरि प्रसाद फुयाल सहितको सहभागिता रहेको थियो ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2P5bz7q

No comments:
Post a Comment