केन्द्रीय सरकारसँग प्रदेशको तुलना गर्नु मूर्खता : पौडेल - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 2, 2018

केन्द्रीय सरकारसँग प्रदेशको तुलना गर्नु मूर्खता : पौडेल

राजधानी संवाददाता/हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रीय सरकारसँग प्रदेश सरकारको तुलना गर्नु मूर्खता भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १५ औं साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले २ सय ५० वर्ष पुरानो इतिहास बोकेको केन्द्रीय सरकार र ७ महिने प्रदेश सरकारकोबीचमा व्यवस्थापन, विकासको विषय लिएर तुलना गर्नु मुर्खता रहेको बताएका हुन् ।

प्रदेश सरकारसँग शुरुमा कानून नरहेकोले हालसम्म अधिकतम् समय कानून निर्माणमै खर्च भएको उनले बताए । पत्रकारको हकहितको प्रदेश सरकार सधैं सकारात्मक रहने उनको भनाइ थियो ।

श्रमजीवी पत्रकारको क्षमता विकासको लागि प्रदेश सरकारले योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्दै उनले संघीयतालाई जोगाउने गरी कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।

सभामा बोल्दै ३ नं प्रदेशका आन्तरिक मामिला एवं कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले समृद्ध राष्ट्र निर्माणमा पत्रकारको भूमिका उल्लेखनीय रहेको बताए । उनले निष्पक्ष भएर कलम चलाउन सबै पत्रकारलाई आग्रह समेत गरे ।

अहिलेको विकासको मोडलबाट देशमा समृद्धि सम्भव नभएको जम्मरकट्टेलले उल्लेख गरे । विकासको मोडल परिवर्तन गर्न नसके लक्ष्यमा पुग्न नसक्ने उनको भनाइ छ ।

कार्यक्रममा ३ नं प्रदेश सभा सदस्य मुनु सिग्देल, प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, नेपाल पत्रकार महासंघ ३ नं प्रदेशका अध्यक्ष प्रताप विष्ट, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, निर्माण व्यवसायी संघका अध्यक्ष श्यामसुन्दर ढकाल लगायतको आतिथ्यता रहेको थियो ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2xSHb9H

No comments:

Post a Comment

Post Bottom Ad

Pages