माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीको सुविधाको लागि लकर कक्ष निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । बैंकले प्रदान गरेको लकरको उद्घाटन कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले गरेका थिए ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष रोशन केसीले बैंकको अठारौँ वार्षिकोत्सवको अवसर पारेर पशुपतिनाथमा एउटा पुण्यको काम गर्न पाउँदा आफू र सम्पूर्ण माछापुच्छ्रे बैंक परिवार गौरवान्वित भएको बताए । बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुको सुविधाको लागि लकर घर निर्माण गरी ५ सय १० थान लकर राखेको हो । उक्त लकर कक्ष सञ्चालनमा आएपश्चात तिर्थालुले लकरमा आफ्नो सरसामान सुरक्षित रूपमा राख्न सक्ने जनाइएको छ ।
बैंकले ८६ शाखा, २ एक्सटेन्सन काउन्टर, २९ शाखारहित बैंकिङ सेवा र ९९ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।
The post माछापुच्छ्रे बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई लकर हस्तान्तरण appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2y2pjse
No comments:
Post a Comment