एप्पललाई ९ अर्ब डलर किन तिर्दैछ गुगलले ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 2, 2018

एप्पललाई ९ अर्ब डलर किन तिर्दैछ गुगलले ?

इन्टरनेट जाएन्ट गुगलले आइफोन निर्माता कम्पनी एप्पललाई ९ अर्ब अमेरिकी डलर भुक्तानी गर्ने भएको छ । आइफोनको अपेरेटिङ सिस्टम आइओएसको सफारी ब्राउजरमा डिफल्ट सर्च इन्जिनको रुपमा कायम रहनका लागि गुगलले यति मोटाे रकम एप्पललाई चुक्ता गर्ने भएको हो ।

गोल्डम्यान साचका विश्लेषक रड हलका अनुसार सन् २०१८ मा ९ अर्ब डलर तिर्ने गुगलले सन् २०१९ मा चाहीँ १२ अर्ब डलर एप्पललाई तिर्नुपर्नेछ ।

एप्पललाई आइओएसको सफारीमा डिफल्ट सर्च इन्जिनको रुपमा गुगलको प्रयोग गर्दै आएको भएपनि सिरीमार्फत वेब सर्च गर्दा विभिन्न प्लाटफर्ममा बिंग सर्च इन्जिनको प्रयोग र्गछ ।

गुगल र एप्पलबीचको सम्बन्ध निकै रोचक रहने गरेको विश्लेषकको भनाई छ । गुगल सर्च इन्जिनमा हुने वेब ट्राफिकमा ठूलो योगदान एप्पलका ग्याजेटबाट हुने ब्राउजिङले ओगट्ने गरेको छ ।

एजेन्सी



from Online Khabar https://ift.tt/2NcLjpP

No comments:

Post a Comment

Post Bottom Ad

Pages