अस्ट्रेलियामा मसल मोडेल प्रतियोगितामा परिक्षित श्रेष्ठलाई दुई स्वर्ण - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 2, 2018

अस्ट्रेलियामा मसल मोडेल प्रतियोगितामा परिक्षित श्रेष्ठलाई दुई स्वर्ण

 अस्ट्रेलिया / अस्ट्रेलियाको भिक्टोरिया राज्यको बालाराटमा जर्जिया हल्टनको प्रस्तुतिको रुपमा आयोजित बालाराट युरेका मसल मोडेल प्रतियोगितामा मेलबर्न निवासी नेपाली परिक्षित श्रेष्ठले दुई स्वर्ण पदक हात परेका छन ।
सम्भवतः मेलबर्नमा बस्ने नेपालीद्वारा यस किसिमको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने उनी पहिलो नेपाली हुन । श्रेष्ठले मेन्स फिटनेस नोभिस र मेन्स फिटनेस अोपनतर्फ स्वर्णपदक प्राप्त गरेका हुन ।
प्रतियोगितामा अन्य राज्यका सहभागीहरु भए तापनि आयोजक राज्य भएको कारण भिक्टोरियाका प्रतियोगीहरुको बाहुल्यता थियो । प्रतियोगिताको तयारीको लागि परिक्षित श्रेष्ठले बिगत दुई महिनादेखि अस्ट्रेलियाका बिभिन्न प्रतियोगिताका च्याम्पियन बनिसकेका सन्तोषकुमार श्रेष्ठको  परामर्श अनुरुप कढा तयारी गर्दै आएका थिए ।
नियमित रुपमा सन्तोषकुमार श्रेष्ठको सम्पर्कमा रही अभ्यास गर्ने मात्रै नभएर खानपानका सम्बन्धमा पूर्णत: अनुशासनमा रही श्रेष्ठले खानपान उनकै  सुझाब अनुरुप गर्दै आएका थिए ।
यो बिजयसँगै परिक्षित आगामी अक्टोबर १३-१४ मा मेलबर्नमा आयोजना हुने राष्ट्रियस्तरको च्याम्पियनसिपमा सहभागी हुन योग्य भएका छन ।
प्रतियोगितामा प्राप्त सफलतापछि श्रेष्ठले यस किसिमको प्रतियोगितामा यसरी पहिलो पटक सहभागी हुँदा नै नेपालीको तर्फबाट यो किसिमको सफलता प्राप्त गरेर नेपाल र नेपालीको गौरबमा योगदान दिन सकेकोमा गौरवान्वित भएको महसुश गरेको बताउँदै श्रेष्ठले नेपाल र नेपालीको गौरव उच्च राख्न आगामी दिनमा आफूले सक्दो प्रयास गर्ने बताए ।


from Online Khabar https://ift.tt/2IzYe4I

No comments:

Post a Comment

Post Bottom Ad

Pages