चौधरी ग्रुपको होटलमा ताज ग्रुपको व्यवस्थापन, ललितपुरको झम्सिखेलमा ताज भिभान्ता - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

चौधरी ग्रुपको होटलमा ताज ग्रुपको व्यवस्थापन, ललितपुरको झम्सिखेलमा ताज भिभान्ता

राजधानी समाचारदाता/काठमाडौं।

चौधरी ग्रुपको मुख्य लगानीमा निर्माण गरिएको ललितपुरको झम्सिखेलस्थित चारतारे डिलक्स होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय ख्यातीप्राप्त ताज ग्रुपले सम्हाल्ने भएको छ । सीजी हस्पिटालिटीका कार्यकारी निर्देशक राहुल चौधरी र  द इन्डियन होटल्स कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत पुनित चटवालबीच यससम्वन्धी सम्झौतामा हस्ताक्षर भएपछि सो होटल ‘भिभान्ता काठमाडौं’ सञ्चालनमा आउने चौधरी ग्रुपले जनाएको छ ।

हस्पिटालिटी उद्योगमा विश्वभर प्रख्यात ताजलाई चौधरी ग्रुपले डेढ दशकपछि काठमाडौं भिœयाएको हो । ताजको आगमनले नेपालको पर्यटन उद्योगमा उत्साह थप्ने एवं पर्यटकले उच्च गुणस्तरको सेवा पाउने वातावरण तयार भएको छ । यसअघि ताजले चौधरी ग्रुपअन्तर्गतकै विख्यात जंगल सफारी रिसोर्ट मेघौली सेराईको व्यवस्थापन पनि सम्हालिरहेको छ ।

‘नेपालको हस्पिटालिटी क्षेत्रमा अब हामी सशक्त रूपमा उपस्थित भएका छौं । ताजजस्तो विख्यात ब्रान्डमा होटल सञ्चालनमा ल्याउन पाएकोमा हामी अत्यन्तै खुसी छौं’, ग्रुपका कार्यकारी निर्देशक राहुल चौधरीले भने, ‘हामी नेपालको पर्यटनलाई अर्को तहमा पु¥याउन प्रतिबद्ध छौं र सोही सोचमा आधारित रहेर हामीले हाम्रा होटल एवं रिसोर्ट निर्माण गरिरहेका छौं ।’

यो होटल सन् २०१८ को नोभेम्बरमा उद्घाटन गर्ने लक्ष्य राखिएको छ । हाल होटलमा आन्तरिक सजावटका काम भइरहेका छन् । होटलमा सुइटसहित १११ रुम रहेका छन् । इन्डियन होटल्स कम्पनी लिमिटेडका महाप्रबन्धक एवं कार्यकारी अधिकृत पुनित चटवालले भने, ‘नेपालमा चौधरी ग्रुपजस्तो प्रतिष्ठित ग्रुपद्वारा प्रवद्र्धित आर एन्ड आर होटल्स एन्ड रिसोर्टसँग नयाँ होटेलमा साझेदारी बन्न पाउनु गौरवको कुरा हो । पर्यटकीय दृष्टिकोणले काठमाडांै प्रख्यात स्थान हो । यस साझेदारीले मेघौली सराईसँग टुरिस्ट सर्किटको रूपमा जोड्ने हाम्रो चाहना पूरा हुनेछ ।’

होटलको १०औं तलामा ‘इन्फिनिटी स्विमिङ पुल’ निर्माण गरिएको छ । जुन नेपालका लागि सम्भवतः नयाँ अनुभव साबित हुनेछ । त्यसैगरी होटलमा २५ देखि ३५ वर्ष उमेर समूहका युवालाई लक्षित गरी रुफ टप बारको व्यवस्था मिलाइएको चौधरी ग्रुपद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो होटलमा सुविधा सम्पन्न लबी, क्याफे, डाइनिङ लाउन्जको सुविधा उपलब्ध हुनेछ । पार्किङका लागि बेसमेन्ट पार्किङको व्यवस्था गरिएको छ । शारीरिक व्यायामका लागि फिटनेस क्लब उपलब्ध हुनेछ । व्यवसायिक प्रयोजनका लागि छुट्टै बिजनेस सेन्टरको व्यवस्था मिलाइएको छ ।   सुरक्षाको प्रत्याभूतिका लागि सीसीटीभी एवं अन्य सुरक्षा तथा मानवीय संवेदनशीलतालाई ध्यानमा राखी अलाराम, फायर एक्सटिङग्युर तथा वाटर स्प्रिन्कल्स आदि सेवा उपलब्ध रहनेछन् । होटेलमै साउना, सैलुन र स्पाको व्यवस्था मिलाइने बताइएको छ ।

चौधरी ग्रुप र ताजबीचको साझेदारीमा श्रीलंका, माल्दिभ्स, थाइल्यान्ड, दुबई र भारतमा विख्यात होटल एवं रिसोर्ट सञ्चालनमा छन् । आर एन्ड आर होटल्स एन्ड रिसोर्ट नेपालको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाई दिने अभिप्रायले सीजी हस्पिटालिटीको मुख्य लगानीमा स्थापना भएको कम्पनी हो । सो कम्पनीको स्वामित्व नेपाललाई प्रतिनिधित्व गर्दै फोब्र्स लिस्ट पर्न सफल अर्बपति विनोद चौधरीको ग्रुप हो । सीजी हस्पिटालिटीअन्तर्गत १२ देशका, ७० स्थानमा ९५ भन्दा बढी होटेल, रिसोर्ट, लज र स्पा सञ्चालनमा छन् । हाल सीजी गु्रपको मातहतमा सञ्चालित होटेलको रुम क्षमता ५ हजार ७ सय रहेको छ ।

सन् २०२० सम्ममा सीजी हस्पिटालिटीको पोर्टफोलियोमा २ सयभन्दा बढी होटेल पु¥याएर विभिन्न २० देशका सय स्थानमा पु¥याउने लक्ष्य छ । होटेलको विस्तारसँगै रुमको क्षमता १० हजार पुग्ने सो ग्रुपले जनाएको छ ।  द इन्डियन होटल्स कम्पनी लिमिटेड र यसका सहायक कम्पनीअन्तर्गत सिर्जना भएका विभिन्न ब्रान्डले विशेष भारतीय आतिथ्य तथा विश्वस्तरीय सेवा दिइरहेका छन् । जसअन्तर्गत हस्पिटालिटी क्षेत्रमा परिचित ताज, परिष्कृत ठूला होटेल तथा रिसोर्टको स्वामित्व भएको भिभान्त र बजेट होटेलको रूपमा परिचित जिन्जर ब्रान्ड रहेका छन् ।

 



from Rajdhani Daily https://ift.tt/2RkND1t

No comments:

Post a Comment

Post Bottom Ad

Pages