उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, October 3, 2018

उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार

सोल/एजेन्सी– दक्षिण कोरियाका कोरिया एकता मन्त्रीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुन सक्ने बताएका छन् । उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याबारेमा टिप्पणी भइरहेका बेला सांसदसमक्ष ती उनले सो कुरा बताएका हुन् ।

कोरिया एकीकरण मन्त्री चो म्योङ–ग्योनले संसद्मा सम्बोधन गर्दै उत्तर कोरियासँग २० देखि ६० वटासम्म आणविक बम रहेको दाबी गरे । एक जना सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले यससम्बन्धी जानकारी गुप्तचर निकायबाट प्राप्त भएको बताए । दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले भने यसबारे कुनै टिप्पणी गरेको छैन ।

‘मन्त्री चोको टिप्पणीको अर्थ दक्षिण कोरियाले उत्तरलाई आणविक हतियारयुक्त राष्ट्रको मान्यता दिएको भन्ने होइन,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले उत्तर कोरियालाई आणविक हातहतियारविहीन राष्ट्र बनाउने योजनालाई निरन्तरता दिइने बताएको छ ।

उत्तर कोरियासँग के कति आणविक हातहतियार छ भन्ने दक्षिण कोरियाको पछिल्लो अनुमान विगतमा गरिएको अध्ययनकै सेरोफेरोमा आएको बताइन्छ । दक्षिण कोरियाको एक प्रतिवेदनअनुसार, उत्तर कोरियाले ५० किलोग्राम प्लुटोनियम उत्पादन गरेको छ, यसबाट कम्तीमा आठवटा बम बनाउन सकिन्छ ।

धेरै विदेशी विज्ञले उत्तर कोरियाले अरू पनि गोप्य युरेनियम–प्रशोधन प्लान्ट सञ्चालन गरेको दाबी गरिरहेका छन् । उत्तर कोरियाले पछिल्ला दिनमा अमेरिका र दक्षिण कोरियासँग थप आणविक हतियार निर्माण गर्ने कार्यक्रम स्थगित गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

 



from Rajdhani Daily https://ift.tt/2y92ALb

No comments:

Post a Comment

Post Bottom Ad

Pages