राजधानी समाचारदाता
काठमाडौं, १७ असोज ।
प्रहरीले काठमाडौंको बालाजुबाट पाँच किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले सोमबार साँझ बालाजुको तीनपिप्ले भन्ने ठाउँमा चेकजाँचका क्रममा सो परिमाणको सुन बरामद गरेको हो । पक्राउ पर्नेमा रसुवाका १८ वर्षीय सोबहादुर तामाङ छन् । सो सुन रसुवागढी नाकाबाट भित्रिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामाङ भरिया मात्र भएको र सुन धनी अर्कै व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
यसअघि ९ असोजमा रसुवाढी नाकाबाटै अवैधरुपमा भित्राइएको तीन किलो सुनसहित टोखाबाट दुई जना पक्राउ गरिएको थियो ।
from Rajdhani Daily https://ift.tt/2RlTxzu

No comments:
Post a Comment