काठमाडौं। खराब मौसमका कारण मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान प्रभावित भएको छ । नियमित उडान प्रभावित हुँदा विमानस्थलबाट विभिन्न गन्तव्यमा जान लागेका र काठमाडौं फर्कंदै गरेका हवाई यात्रु निकै समय अलपत्र परेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षत्रीले विगतका वर्षमा जस्तै अहिले जाडो मौसममा भिजिबिलिटी न्यून भएकाले विमानस्थलको नियमित आन्तरिक उडान प्रभावित भएको बताए । उनले मंगलबार बिहान काठमाडांैको आकाशमा बाक्लो हुस्सु र तुँवालो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नियमित आन्तरिक उडान केही समय प्रभावित भएको जानकारी दिए ।
विमानस्थल कार्यालयका महाप्रबन्धक क्षत्रीले बढ्दो चिसोसँगै काठमाडौंको आकाशमा बाक्लो तुँवालो लागेका कारण सम्बन्धित वायुसेवा कम्पनी र हवाई यात्रुलाई काठमाडांैबाहेक अन्य वैकल्पिक विमानस्थल प्रयोग गर्नसमेत सुझाव दिएका छन् ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा बढी लुक्लामा हवाई उडान हुने गर्दछ । हाल यस विमानस्थलबाट दैनिक करिब सय उडान हुने गरेका छन् । काठमाडांैबाट लुक्ला जाने यात्रुको चापलाई मध्य नजर गर्दै विमानस्थलका महाप्रबन्धक क्षत्रीले अहिले लुक्कातर्फ जाने हवाई यात्रुलाई रामेछापको विमानस्थलबाट विमान चढेर यात्रा गर्नसमेत सुझाव दिएको जानकारी गराए । उनले अहिले काठमाडौंको आकाशमा विमान उडाउन र अवतरण गर्न आवश्यकभन्दा न्यून मात्रामा भिजिबिलिटी भएका कारण अहिले यस विमानस्थलको आन्तरिक उडान केही प्रभावित भएको बताए । ब्यागेज नियम परिवर्तन
नेपाल वायुसेवा निगमले इकोनोमी क्लासमा ब्यागेजको नियम परिवर्तन गरेको छ । जसका कारण अब निगमको विमानमा दुबईबाट काठमाडौं आउँदा ‘इकानोमी क्लास’का यात्रुले अन्तर्राष्ट्रिय उडान मापदण्डअनुसारको नयाँ नियमबमोजिम ब्यागेज ल्याउन पाउनेछन् ।
विमानको इकोनोमी क्लासमा ब्यागको साइज नमिलेर समस्या हुने देखिएपछि निगमले नयाँ नियम लागू गरेको हो । गत २४ कात्तिकबाट सो नियम कार्यान्वयनमा ल्याएको जानकारी गराउँदै निगमका प्रवक्ता अशोक सिग्देलले भने, ‘नयाँ नियमले यात्रुलाई सहज हुने अपेक्षा छ ।’ निगमका अनुसार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईबाट आउँदा कुनै पनि एउटा ब्यागेजको तौल अधिकतम ३० किलोसम्मको हुनुपर्ने छ ।
विद्युतीय उपकरणसहितको चेक–इन ब्यागेज भने दुई थानसम्म ल्याउन अनुमति दिइएको छ । चेक–इन ब्यागेजको आकार १६० सेन्टिमिटरभन्दा बढी हुनुहुँदैन । तोकिएको आकारभन्दा बढी वा तौल धेरै वा सामान्य ढाँचाभन्दा बाहिरका ब्यागेज ल्याउनुपरे प्रतिथान २ सय यूएई दिनार शुल्क तिर्नुपर्ने पनि निगमले जनाएको छ ।
साथै, ह्यान्ड ब्यागेजतर्फ भने भन्सार शुल्क मिनाहा गरिएका सामानसहित अधिकतम सात किलो तौलको लगेज ल्याउन सकिने व्यवस्था गरेको पनि निगमले जानकारी गराएको छ ।
from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2S2ZUqJ
No comments:
Post a Comment